• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सनिवार चितवनमा १३ जना संक्रमितको मृत्यु

  • खबरदाता

सनिवार चितवनमा १३ जना संक्रमितको मृत्यु

जेष्ठ १,२०७८

चितवन । सनिवार जिल्लामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुको ज्यान गएको छ ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४४ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ४ ,माडि नगरपालिकामा ८ ,रत्ननगरमा २१ ,राप्तीमा १४ र कालिकामा ६ गरि थप १६७ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २५८ जनाको आइसियुमा र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ३७४२ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका १३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ६ जना , मकवानपुर १,कैलाली १,कंचनपुर १,बुटवल २ र कावासोतीका १ जना रहेका छन। आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १,चितवन मेडिकल कलेजमा ८ र पुरानो मेडिकल कलेजमा ४ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १६३ पुगेको छ । आज चितवनमा थप ३५ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ १, २०७८, शनिवार ०९:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८