• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा २३६ आइसियु र ४७ जना भेन्टिलेटरमा

  • खबरदाता

चितवनमा २३६ आइसियु र ४७ जना भेन्टिलेटरमा

 

बैशाख २७,२०७८

चितवन । चितवनमा आज थप २७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने चितवन जिल्लाका अस्पतालमा थप ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २१८ जना संक्रमीत थपिए भने माडिका नगरपालिकामा ३ , खैरहनि ६,रत्ननगरमा १९,कालिकामा १७ र इच्छाकामनामा ३ र एन्टिजेन परिक्षण गर्दा थप १३ जनामा संक्रमण देखिएको जनाइ एको छ ।

चितवनका विभिन्न अस्पताल २३६ जनाको आइसियुमा र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २६८६ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा रहेका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३ जना , नवलपुरका १ ,रुपन्देही ३ गरि थप ७ जनाको मृत्यु भएको हो।
चितवनमा कुल मृतकको संख्या १४१ पुगेको छ । आज चितवनमा थप २९ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : वैशाख २७, २०७८, सोमवार १०:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८