• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काम बिहिन मजदुर


अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काम बिहिन मजदुर

श्रमिक र मजदुरका नामबाट राजनीति गर्दै सहर पसेका कयौं बङ्ला र गाडीमा पुगि सक्दा वास्तविक मजदुर भने एक छाकको लागि लडिरहेका छन।

बैशाख १८,२०७८- केपी शर्मा

चितवन । अङ्ग्रेजी महिनाको १ तारीख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिन श्रमिक तथा मजदुरहरुका लागि हो । यो दिनले नयाँ समाजको निर्माणमा श्रमिकहरुको योगदान र मजदुर आन्दोलनको स्मरण गराउँछ।

सामाजिक संजाल मजदुर सम्बन्धि सुनौला अक्षर र रंगीचंगी फोटाहरुले सजिएका छन । सबै सबैले सामाजिक संजाल मार्फतनै शुभकामना दिइरहेका छन। तर बस्तबमा त्यो शुभकामना कसलाई र किन दिइएको हो भन्ने जसले प्रयोग गर्‍यो उसैलाई पनि थाहा नहोला।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संचार माध्यमको प्रयोग गरि शुभकामना दिइसेका छन। उनले श्रमिकको न्युनतम ज्याला वृद्धि गरि मासिक १५ हजार मुर्‍याउने घोषणा समेत गरेका छन।

प्रधानमन्त्रीको शुभकामना भासण चलीरहदा हामी भने मजदुरको अवस्था कस्तो छ भनेर बुझ्न नारायणगडको न्युरोड , तरकारी बजार , ट्रान्सपोर्ट लाइनमा पुगेका थियौ। त्यहा हामिले मजदुरको अबस्था दयनिय बन्दै जान थालेको र अबका केहि दिन देखि मजदुर भोक भोकै बस्न बाध्य हुने अवस्था बनेको देखेउँ।

भरतपुरमा भेटिएका कुमार बहादुर परियार दैनिक मजदुरि गरि आफू र आफ्नो परिवार पाल्दै आएका छन। तर आज अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिनबाट उनी कामबिहिन बनेका छन। जेन तेन दैनिक ज्याला मजदुरि गरि जीवन गुजारा गर्दै आएका उनी जिल्लामा सुरु भएको निषेधाज्ञाले १७ गते देखीनै बेकामे भएका हुन। उनलाई न कसैको शुभकामनाको मतलब छ नत श्रमिक दिवसकै बारेमा । उनलाई मतलब छ त केबल एक छाकको ।

बन्दिपुरका सोमबहादुर गुरुङ पनि आज कामबिहिन जस्तै अबस्थामा थिए। उनी नारायणगडको न्युरोडको एक सिमेन्टर फलाम गोदाममा काम गर्छन। एक्कलो मजदुरिले उनी गाउँमा भएका बाउ आमा र आफू सगै भएका ५ जनाको परिवार पाल्दै आएका छन। सदाबहार काम चल्दा दैनिक ७ सय देखि १ हजार सम्म कमाउने उनी पनि जिल्लमा लागेको लकडाउनले बेकामे बराबरनै भएका छन।
पहिलो पटकको लकडाउनमा उनले पाएको दुस्ख अझै आलै छ । त्यो बेलाको ऋण मिलाएर तिर्दै गर्दा पुन सुरु भएको बन्दाबन्दीले उनको होसहवासनै गुमेको छ । उनलाई यो मात्रै सोचाइ छकि अब कसरी परिवार पाल्ने।

यस्तै अबस्थामा काम बिहिन भएर दिन कटाउँदै थिए सन्त बहादुर बिक। गणेशस्थानको सिमल ढाप बस्दै आएका बिकको पनि मजदुरिकै भरमा ५र६ जनाको परिवार धानिदै आएको छ । हिँजोबाट उनको कमाइ पुरै कम भएको छ । उनी ट्रक लोड अनलोडको काम गर्छन। जिल्लामा शुक्रबारबाट बन्दाबन्दी सुरु भएपछी अब कसो गर्ने होला भन्ने सोचाइमा छन बिक। उनी भन्छन , अहिले त थोरै ठाउँमा बन्दाबन्दी भएको जस्तो छ । अलि अलि काम आएको छ ।अब दुई चार दिनमा देशनै बन्द होला जस्तो छ त्यो बेला के गर्ने र कसरी खाने समस्या त्यसैमा छ ।

बेल बहादुर पुलामी र मखन बहादुर गुरुङ पनि मजदुरिमै जिबिका चलाउँदै आएका छन । बिगत ८र९ बर्ष देखि यस्तै मजदुरिमा उनिहरु र परिवारको जिन्दगी चल्दै आएको छ । तर गएको बर्ष भएको महामारी र बन्दाबन्दीले दुबैलाई भारी बोक्नै टाउकोमा बोक्नै नसक्ने गरि ऋणको भार थपिदिएको थियो। काम चलेपछी बिस्तारै त्यो ऋणको भारी कम गर्दै जाँदा अब सुरु भएको बन्द र लकडाउनले कामको भारी हलुँगो र ऋणको भारी गरुङहो हुने पिरलो भएको छ ।
मखन बहादुर त केही बर्ष अघि मलेसिया पनि बसेर आएका हुन। बिदेशमा हुदा मे १ को बारेमा थाहा पाए पनि नेपालमा मजदुरि गर्न थाले पछी श्रमिक दिवसको बारेमा थाहा नभएको उनले बताए।

आज नेता तथा श्रमिकका नाममा खुलेका संघ संघठन नेता तथा राजनैतिक दलका नेताहरुले श्रमिकको हवाला दिदै गर्दा वास्तविक श्रमिकहरु भने काम बिहिन अबस्थामा आफ्नो भबिस्य खोजिरहेका छन।

  • प्रकाशित मिति : वैशाख १८, २०७८, शनिवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८