• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका ६६ सहित ४५२४ कोरोना संक्रमित थपिए

  • खवरदाता

चितवनका ६६ सहित ४५२४ कोरोना संक्रमित थपिए

वैशाख १४, २०७७

चितवन । पछिल्लो २४ घन्टामा ५५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७८ हजार ५०६ सय रहेको छ । यो ९०.५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

देश भर १४ हजार ६७२ जनाको पिसिआर परिक्षण गर्दा ४३६४ र १००९ जनाको एन्टिजेन परिक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा ६६ जना संक्रमित थपिएका हुन । यस्तै काठमाण्डौमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ गरि उपत्यकामा मात्रै १९६६ संक्रमित भए ।
आज थप १८ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार २२५ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५८ छ ।
हालसम्म नेपालमा २० लाख १९ हजार १७७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन् ।

  • प्रकाशित मिति : वैशाख १४, २०७८, मंगलवार १२:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८