• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज २८ को मृत्य , ३ हजार बढी संक्रमीत

  • खबरदाता

आज २८ को मृत्य , ३ हजार बढी संक्रमीत

वैशाख १२,२०७८

चितवन । पछिल्लो २४ घन्टामा ४५० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७७ हजार ५८३ रहेको छ । यो ९२ दशमलव ५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३१२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख १९९ पुगेको छ ।

देश भर ९२९२ जनाको पिसिआर परिक्षण गर्दा ३०३२ र ७८६ जनाको एन्टिजेन परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २ र काठमाडौंका १४९८ जना रहेका छन्।

आज थप २८ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १६४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३८२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६९ छ ।
हालसम्म नेपालमा १९ लाख ८९ हजार २४८ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन्।

  • प्रकाशित मिति : वैशाख १२, २०७८, आइतवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८