• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका १४ सहित ५ सय बढी थपिए

  • खबरदाता

चितवनका १४ सहित ५ सय बढी थपिए

चैत्र ३१ ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज १५३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ३१८ रहेको छ । यो ९७.६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये चितवनका १४ जना रहेका छन। योसंगै संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देश भर ४ हजार ३ सय ८६ जनाको पिसिआर परिक्षण गर्दा ४६० र ८१७ जनाको एन्टिजेन परिक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ३०८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८५ छ ।

  • प्रकाशित मिति : चैत ३१, २०७७, मंगलवार ११:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८