• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

खोपको दोस्रो दिन : चितवनमा ३२७ र नवलपुरमा १८० ले लगाए

  • खबरदाता

खोपको दोस्रो दिन : चितवनमा ३२७ र नवलपुरमा १८० ले लगाए

माघ १५, २०७७
चितवन । कोभिड–१९ बिरुद्धको पहिलो चरणको खोप अभियानको दोस्रो दिन चितवनमा ३२७ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १८७, बकुलहर अस्पतालमा ९१ र बघौड अस्पताल ४९ जनाले खोप लगाएका हुन् । बिहिवार पहिलो दिन २७९ जनाले खोप लगाएका थिए । जिल्लामा ६ हिजार २ सय जनालार्य खोप लगाउने लक्ष्य रहेको छ । तर ४ हजार २ सय डोज खोप मात्रै आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै नवलपुरमा बिहिवार दोस्रो दिन १८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मध्यविन्दु जिल्ला अस्पतालमा खोप लगाइएको स्वासथ्य कार्यालय नवलपुुरका प्रमुख केशव चापागाईले जानकारी दिए ।

आज १३६ जना महिला र ४४ जना पुरुषले खोप लगाएका हुन् । गैँडाकोट नगरपालिका, मध्यविन्दु र विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलार्य खोप लगाइएको हो ।

बुधबार कावासोती, देवचुली र हुप्सकोट गाउँपालिकाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरु गरी १२९ जना महिला र ७१ जना पुरुष गरी २०० जनालाई खोप लगाइएको थियो ।

भोलि माघ १६ गते वौदिकाली र बुलिङगटार गाउँपालिकाका स्वाथ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविका साथै स्थानीय तहले सिफारिस गरेर पठाएका जिल्लाभरका एम्वलुेन्स चालक र स्थानीय तहकै सरसफाइकर्मीलाई खोप लगाइने तालिका रहेको छ । नवलपुरमा १ हजार २३ जनालाइ पहिलो चरणमा खोप लगाउने लक्ष्य रहेको छ ।

  • प्रकाशित मिति : माघ १५, २०७७, बिहीवार १५:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८