• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

बल्ल असर देखिन थाल्यो भ्याक्सीनेसनको

  • खवरदाता

बल्ल असर देखिन थाल्यो भ्याक्सीनेसनको

माघ ६, २०७७

नेपालमा केही दिन अघि सरकारले भारतमा कोभीसील्ड नामले निर्मित अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिने दिने निर्णय गरेको छ । यस पछि नेपालीमा स्वभावीक उत्साह थपेको छ । परन्तु, धेरै नेपालीले सोचे जस्तो भ्याक्सिन तत्काल उपलब्ध हुने या उपलब्ध भइसके पछि सबैले पाइ हाल्ने अनि, सबै ठिक हुन्छ भन्ने रहेको छ ।

भ्याक्सिन एउटा लामो प्रक्रिया हो । यसको अध्ययन सुरु भए देखि ट्रायल सकिँदासम्म धेरैको लगानी रहेको हुन्छ । तीनै यसको पहिलो हकदार पनि हुन्छन् । निर्माण गर्ने देश, जोखिम मोलेर सम्झौता गर्ने देश, समयमै उत्पादक कम्पनीलाई रकम उपलब्ध गराउने देश नै यसका पहिलो हकदार हुन् ।

विश्वमा अहिले कोरोना भाइरसको भ्याक्सिनको वितरणको गति र धेरै देशको चासोको यो समाचारले नेपालको अवस्था र सम्भावना समेत अनुमान गर्न सहज हुने छ ।
संसारका धेरै देशले कोरोना भाइरस विरुद्धको भ्याक्सिन वितरणलाई तीव्र पारेका छन् । यस क्रममा यो सङ्क्रमणबाट अत्यन्त प्रभावित ब्राजिलले पनि दुई भ्याक्सिनलाई अनुमति दिएको छ । ब्राजिलमा अक्सफोर्डको भ्याक्सिन र चीनमा निर्मित सिनोभ्याकलाई मान्यता दिइएको छ ।
सरकारले थुप्रै अध्ययनका विषय बाँकी रहे पनि सङ्क्रमणले धेरै प्रभाव पारेको र अन्य विकल्प नरहेको कारण यो निर्णय गरिएको जनाएको छ । ब्राजिलमा तिन देखि ५ दिनमा भ्याक्सिन पुग्ने र वितरण गरिने जनाइएको छ । यसका लागि ब्राजिलका लागि भारतले भ्याक्सिन पठाउने तयारी केही दिन अघि नै गरेको थियो । तर पनि प्राविधिक कारणले यो रोकिएको छ ।

साओ पावलोमा १ करोड १० लाख डोज सिनोभ्याक रहेको जनाइएको छ । अक्सफोर्डको डोज भने पर्याप्त रहेको छैन । ब्राजिलमै फियो क्रुजले अक्सफोर्डको भ्याक्सिन निर्माण गरिरहेको छ । तर, यो पर्याप्त डोज रहेको छैन । त्यसो त ब्राजिलमा निर्माणको तयारी गरिरहेको युनियो क्युमिकाले पनि स्पुतनिक भीको अनुमतिका लागि निवेदन दिएको थियो । तर, यो कम्पनीको डाटा पर्याप्त नरहेको जनाउँदै हाललाई अनुमति दिइएको छैन । सरकारले भ्याक्सिनलाई अनुमति दिने निर्णय गर्नुका साथै धेरै जनसङ्ख्यालाई पुग्ने भ्याक्सिन नभएका कारण अझ लामो समय सामाजिक दुरीको विकल्प नरहेको जनाएको छ । आइतबार नै लेबनानले पनि फाइजरसंग २१ लाख डोजको सम्झौता गरेको छ । जुन डोज फ्रेवरीमा लेबनान पुग्ने जनाइएको छ ।

सबैभन्दा धेरै सङ्क्रमणको असर परेको अमेरिकामा १ करोड ४३ लाख डोज भ्याक्सिन वितरण भइसकेको छ । प्रतिदिन औसत ८ लाख ९८ हजार ४१० डोज भ्याक्सिन दिइने गरिएको छ । राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले पनि भ्याक्सिन वितरणमा ढिलाइ भइरहेको भन्दै गुनासो गरेका छन् । उनले प्रतिदिन १० लाख भन्दा बढीलाई डोज दिएमा मात्र मे सम्ममा लक्ष्य पुरा हुने बताएका छन् । वाइडेनले देशको नेतृत्व सही भएको भए पहिलो १०० दिनमा नै १० करोडलाई वितरण भई सक्ने जनाउँदै आएका छन् ।

बेलायतमा पनि स्प्रिङ देखि देशलाई लकडाउन मुक्त बनाउने लक्ष्य सहित भ्याक्सिन वितरणलाई तीव्रता दिइएको छ । सुरुमा अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिइएको बेलायतले ८ जनवरीमा मोर्डनालाई पनि अनुमति दिएको छ । यसको वितरणलाई भने स्प्रिङबाट नै सुरु गरिने छ । फ्रेवअरीको मध्यबाट प्रत्येक साता २० लाखलाई भ्याक्सिन प्रदान गर्ने निर्णय गरिएको छ ।

भ्याक्सिन वितरणलाई तीव्र बनाउन सरकारले थप १० केन्द्रको स्थापना गरेको छ । सरकारले ८० वर्ष नाघेका र अन्य दीर्घ रोगीलाई जत्ति सक्दो चाँडो भ्याक्सिन वितरण गर्ने नीति लिएको छ ।
आइतबारसम्म ३८ लाख भन्दा बढीलाई पहिलो डोज दिई सकिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३८ हजार ५९८ नयाँ सङ्क्रमित देखा परे । जुन २८ डिसेम्बर पछिको सबैभन्दा कम हो । भ्याक्सिनको प्रभाव बल्ल देखिन सुरु भएको जनाइएको छ । अहिले बेलायतमा प्रति मिनेट १४० डोज भ्याक्सिन प्रदान भएको छ । जसका कारण ८० वर्ष नाघेका मध्य ५० प्रतिसतले पहिलो डोज पाइसकेका छन् । यो सातामा १५ लाखलाई भ्याक्सिन दिइने लक्ष्य राखिएको छ ।

बेलायतले स्प्रिङसम्म बेलायतले बेलायतका वयस्क मध्यका ६० प्रतिशत ३ करोड २० लाखलाई भ्याक्सिन दिई सक्ने लक्ष्य राखेको छ । बेलायतले ४ करोड फाइजरको भ्याक्सिन,१ करोड ७० लाख मोर्डनाको भ्याक्सिन तथा १० करोड अक्सफोर्डको भ्याक्सिनका लागि सम्झौता गरेको छ । बेलायतले अहिले परीक्षणमै रहेको जोन्सन एन्ड जोन्सनको भ्याक्सिनको पनि २ करोड २० लाख डोज अर्डर गरेको छ । यो भ्याक्सिन पहिलो ३ करोड डोज अर्डर भए पनि बेलायतले पछि यसलाई परिवर्तन गर्दै नयाँ नीति लिएको हो । फेब्रुअरीको मध्य देखि यो भ्याक्सिन वितरण गर्ने लक्ष्य बेलायतको छ । १ सेप्टेम्बर बेलायतले सबै वयस्क नागरिकलाई भ्याक्सिन दिई सक्ने लक्ष्य राखेको छ ।

भ्याक्सिन दिने क्रममा अग्रणी रहेको संयुक्त अरब इमिरेट्सले १६ वर्ष उमेर कटेका सबैलाई भ्याक्सिन दिने निर्णय गरेको छ । युएईले २४ घण्टामा ८४ हजार ८५२ नागरिकलाई भ्याक्सिन दिएको छ । हाल युएईमा १८ लाख ८० हजार भन्दा बढी डोज वितरण भएको छ । यो कुल नागरिकको १९.०४ प्रतिशत हो । भिजिट भिसा सकिएकाहरूलाई चीनको सिनोफार्म भ्याक्सिन दिइएको छ ।

भ्याक्सिन वितरणको यो लामो शृङ्खला पछि अहिले यसको असर देखिन थालेको छ । वल्डोमिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टा (जनवरी १८) मा ४ लाख ७३ हजार ७५० नयाँ सङ्क्रमित थपिए । यो नोभेम्बर १ पछिको सबभन्दा कम हो । डिसेम्बर देखि अमेरिका र युरोपमा सुरु भएको भ्याक्सिनको असर बल्ल देखिन सुरु भएको हो । यो क्रम बिस्तारै अबका केही सातामा संसार भर देखिँदै जाने छ ।

  • प्रकाशित मिति : माघ ६, २०७७, मंगलवार ०३:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८