• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नयाँ भाइरसका कारण खोप वितरणमा दबाब

  • खबरदाता

नयाँ भाइरसका कारण खोप वितरणमा दबाब

यो भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि धेरै हानी गर्ने विषयमा भने कुनै प्रमाण फेला परेको छैन ।
पौष १३,२०७७

इंग्ल्यान्डमा गत बुधवार एकै दिन ४० हजारमा कोरोनाको सङ्क्रमण देखियो । घरमै बसेका मध्येनै परीक्षण गर्दा पनि दुई प्रतिसतमा यसको सङ्क्रमण देखियो ।

बेलायतका वैज्ञानिकले यसको अध्ययन गर्दै यो अत्यन्त छिटो फैलने र यसलाई नियन्त्रण गर्न कठिन तथ्य फेला पारेका छन। सरुवा रोग विशेषज्ञ निक डेभिसले पछिल्ला केही साता यसको अवस्था हेर्दा अझ भयावह हुन सक्ने चेतावनी दिएका छन् ।

सङ्क्रमणको गणितीय मोडलबाट आकलन गर्दै नीति निर्माण सहयोग गर्ने एसपीआइएम ग्रुपका उनी एउटा सदस्य हुन् । अस्पतालमा एकै पटक दबाब बढ्न थाले पछि लकडाउन खुकुलो बनाएका कारण यो भाइरसको म्युटेसनका कारण हो भनेर छानबिन गर्ने क्रममा नयाँ तथ्य फेला परेको हो ।

सुरुमा भाइरस म्युटेसन हुने कुरालाई सामान्य रूपमा लिए पनि सोही समयमा दक्षिण अफ्रिकामा पनि सङ्क्रमण बढेको र त्यहाँको भाइरस पनि बेलायतको झैँ नै भएको पत्ता लाग्यो । दुवै ठाउँमा भएको म्युटेसनको यो स्वरूपलाई एन ५०१ वाइ नामकरण गरिएको छ । यस पछि डेभिसले बेलायतमा बढेको सङ्क्रमण र म्युटेसनलाई आधार मान्दै गणितीय मोडलमै अध्ययन सुरु गरे ।

विभिन्न सम्भावना माथि अध्ययन गर्दा छिटो फैलनेनै यो भाइरसको विशेषता रहेको तथ्य फेला परेको डेभिस बताउँछन् । तथ्याङ्क अनुसार यो विगतको सार्स दुई कोरोना भाइरस भन्दा ५० प्रतिशत छिटो फैलने जनाइएको छ । यो भाइरस मानिसको शरीरमा प्रवेश गरे पछि धेरै हानी गर्ने विषयमा भने कुनै प्रमाण फेला परेको छैन । ठुलो सङ्ख्यामा भ्याक्सिन वितरण नभए गत वर्षकै शृङ्खला यस वर्ष पनि दोहरिने कुरा नकार्न सकिँदैन ।

विज्ञहरूले नआत्तिन सुझाएका छन् । यसलाई फैलन नदिनका लागि थुप्रै उपाय पत्ता लागेको कारण यस कुरामा दुई गुणा सचेत रहन मात्र आवश्यक रहेको उनीहरूले बताएका छन् । अवार्ड विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ विल हानेजले यस कुरामा सतर्क रहँदै मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र समय समयमा हात धुने कुरामा अझ बढी सचेत हुनुको विकल्प नभएको तथा भ्याक्सिन वितरणलाई अझ तीव्रता दिनु पर्ने कुरामा जोड दिए ।

हानेजले जोखिम समूहलाई अहिले बचाउँदै सबै व्यक्तिलाई जोगाउन भिन्न योजना बनाउन आवश्यक रहेको बताएका छन् ।
नयाँ खाले कोरोना भाइरसको समेत जोखिम बढे पछि बेलायतले ४ जनवरीबाट अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन पनि वितरण सुरु गर्ने अनुमान गरिएको छ । अबको दुई सातामा बेलायतमा २० भन्दा बढीलाई भ्याक्सिन वितरण गरी सकिने जनाइएको छ ।

  • प्रकाशित मिति : पुस १३, २०७७, सोमवार ०२:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८