पौष–३, २०७७
नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका डेभेनील ह्वाटमोरलाई प्रशिक्षक चयन गरेको छ । सन् १९५४ को मार्च १६ मा जन्मिएका उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को क्रिकेट विश्वकप जितेको थियो । दायाँ हाते ब्याट्सम्यान उनले सन् १९७९ मा अस्ट्रेलियाका लागि सात टेष्ट खेलेका थिए भने सन् १९८० मा एक एक दिवसीय खेल खेलेका थिए । उनले भिक्टोरियाका लागि ६००० भन्दा बढी ए क्लास रन प्रहार गरेका थिए ।
सन् १९९० पछि उनले श्रीलङ्का,पाकिस्तान र बङ्गलादेशको टोलीलाई प्रशिक्षण गरे । सन् २०१४ मा उनी जिम्बाबेका प्रशिक्षक भएका थिए । सन् २०१६ को टी २० विश्वकपमा खराब प्रदर्शन पछि जिम्बाबेले उनलाई बर्खास्त गरेको थियो ।
श्रीलंकालाई विश्वकप दिलाएका उनी पछि लंकाशायरको प्रशिक्षक पनि भए । सोही टोलीले सन् १९९८ र १९९९ मा श्रीलंकाको राष्ट्रिय लिग जित्नुका साथै सन् १९९८ मा नाटवेस्ट ट्रफी जितेको थियो । उनी सन् २००३ देखि २००७ सम्म बङ्गलादेशका प्रशिक्षक थिए । बङ्गलादेशले यस बिचमा पहिलो टेष्ट जित हात पारेको थियो । शीर्ष स्थानमा रहको अस्ट्रेलियालाई हराएर संसारलाई चकित पारेको बङ्गलादेशले त्यस पछि दक्षिण अफ्रिकालाई पनि हरायो । सन् २००७ को विश्वकपमा भारतलाई हराउँदै बङ्गलादेश क्वार्टर फाइनल प्रवेश गरेको थियो । सो विश्वकप पछि नै उनले बङ्गलादेश छाड्ने निर्णय गरेका थिए ।
उनी सन् २००७ मा भारतको क्रिकेट एकेडेमीको प्रमुख मात्र भएनन् युवा टोलीको प्रशिक्षक पनि भए । विराट लोहकीको नेतृत्वमा रहेको सोही टोलीले सन् २००८ मा युवा विश्वकप जितेको थियो । सन् २०१० र २०११ मा इन्डियन प्रीमीयर लिगमा कलकत्ता नाइट राइडर्सलाई प्रशिक्षण दिएका थिए । कलकत्ता पहिलो पटक पाँचौँ तथा दोस्रो पटक चौथो भए पछि उनले पद त्याग गरेका थिए ।
सन् २०१२ मा पाकिस्तानका प्रशिक्षक भएका उनले आफ्नो टोलीलाई एसिया कपको उपाधि दिलाए । सन् २०१७ र १८ मा उनी केरेला क्रिकेट बोर्डका प्रशिक्षक भएका थिए । सोही समयमा केरेला पहिलो पटक रणजी ट्रफीको अन्तिम आठमा प्रवेश गरेको थियो । सन् २०२० को फेब्रअरी देखि उनी सिंगापुरमा प्रशिक्षक थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८