• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

क्रिसमसको समयमा कडा सुरक्षा मापदण्ड

  • खवरदाता

क्रिसमसको समयमा कडा सुरक्षा मापदण्ड

पौष–२, २०७७

जर्मनीमा बुधवार २७ हजार ७ सय २८ कोरोना महामारीको नयाँ सङ्क्रमण देखा पर्नुका साथै ९५२ जनाको मृत्यु भए पछि लकडाउनलाई कडा पारिएको छ । अरू युरोपेली देशले पनि सुरक्षा मापदण्ड कडा बनाएका छन् । सबै कम्पनीका कामदारलाई घरबाटै काम गर्न भनिएको छ । यो कडा सुरक्षा मापदण्ड १० जनवरीसम्म कायम राखिने भएको छ ।

जर्मनीमा सङ्क्रमणलाई नजिकबाट हेरिरहेका रोबर्ट कोच इन्सटीच्युटका प्रमुख लोथर वेइलरले महामारी सबैभन्दा गम्भीर अवस्थामा पुगेको बताएका छन् । युरोपका औषधी क्षेत्रका अधिकारीलाई जर्मनीको एनबायोटेक कम्पनीले अमेरिकाको फाइजरसंग मिलेर बनाएको भ्याक्सिनलाई तत्काल अनुमति दिन पनि दबाब बढेको छ ।

फ्रान्सले राती ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । मङ्गलवार फ्रान्समा ७९० जनाको मृत्यु भएको छ । यो सहित फ्रान्समा मृतकको सङ्ख्या ५९,०७२ पुगेको हो । नेदरल्यान्डमा अति आवश्यक बाहेकका पसल बन्द गर्ने गरी पाँच हप्ताका लागि लकडाउन भएको छ ।

बेलायतको लन्डनमा पब तथा रेस्टुरेण्ट बन्द गरिएका छन् । तर, टेक वे सुविधा भने दिइएको छ । दैनिक ५ सयको हाराहारीमा मान्छेको मृत्यु हुन थाले पछि इटालीमा पनि क्रिसमसको समयमा सुरक्षा मापदण्ड कडा बनाइने भएको छ ।

लीथुवानीयमा भिन्न घरमा व्यक्तिका बिच सम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ । अस्ट्रियामा मास्क सम्बन्धी कडा नियम बनाइने भएको छ । डेनमार्कले देश भरी आंशिक लकडाउन लगाउने भएको छ ।

  • प्रकाशित मिति : पुस २, २०७७, बिहीवार ०२:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८