• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज एकैदिन १०९६ कोरोना भाइरसका संक्रमित थपिए

  • खबरदाता

आज एकैदिन १०९६ कोरोना भाइरसका संक्रमित थपिए

 

मंसिर २१,२०७७
भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६४९५ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।

आज चितवनमा संक्रमित थपिएनन भने काठमाडौं उपत्यकामा ४८४ जना संक्रमित भेटिए।

सरकारी तथ्यांक अनुसार शुक्रबार १ हजार ७ सय ५२ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८०५ पुगेको छ। यो ९३ ।७प्रतिसत हुन आउँछ।

आज थप १७ जनाले ज्यान गुमाउँदा कुल संख्या १५९४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १३ हजार ५८२ जना सक्रमित संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५३६ छ। हाल देशका विभिन्न अस्पतालका आइसियुमा ३१३ र भेन्टिलेटरमा ५५ जनाको उपचार भइरहेको छ।

  • प्रकाशित मिति : मंसिर २१, २०७७, आइतवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८