• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अपरिचितसँगको इण्टरनेट मित्रता गम्भीर खतरा !


अपरिचितसँगको इण्टरनेट मित्रता गम्भीर खतरा !

मंसिर–११, २०७७

तेह्बर्षकी अलीसियालाई इण्टरनेटमा नयाँ नयाँ साथी बनाउन र उनीहरुसँग कुराकानी गर्न साहै मज्जा लाग्दथ्यो । त्यत्ति बेला उनी आफ्ना आमा बुबासँग अमेरिकाको पिट्सबर्गमा रहन्थिन् । घरका मानिसहरु सबैलाई थाहा थियो कि बालिका कम्प्यूटरमा पढाइका अतिरिक्त साथीहरुसँग कुराकानी पनि गर्दछिन् । अलीसियाका धेरैजसो साथीहरुसँग कम्प्यूटर पनि थियो र प्रत्यक्ष कुराकानीको माध्यमबाट उनीहरु एक अर्काको सम्पर्कमा पनि रहने गर्दथे । त्यसैले यस बारेमा आमा बुबाले अलीसियालाई कहिल्यै केही पनि भनेनन् । बिस्तारै बिस्तारै कम्प्यूटरमा उनको लगाव बढ्दै गयो । अब उनका लागि एउटा नयाँ मित्र मिलेको थियो । त्यो मित्र उनको बिद्यालयमा पनि पढ्दैनथ्यो न कहिल्यै अलीसियासँग भेट नै गरेको थियो । तर उनको कुरा अलीसियालाई धेरै राम्रो लाग्दथ्यो । दुबैका बीच लामो कुराकानी चल्दै रहन्थ्यो । उनको फोटो हेर्दा दुबै समान उमेरका हुन् भन्ने लाग्दथ्यो । यो मित्रता बनेको आठ महिना बितिसकेको थियो । अलीसियालाई ती मित्रलाई भेट्ने र हेर्ने उत्सुकता पनि बढ्दै नै गइरहेको थियो । अलीसियाले आमा बुबा या कुनै अरु मित्रहरुसँग ती अपरिचित केटाको बारेका कुनै उल्लेख गरेको पनि थिएन । कुरा ३१ डिसेम्बर २००१ को हो । त्यो केटाले अलीसियालाई भेट गर्नका लागि बोलायो । भेट गर्ने स्थान र समय पनि तय भइसकेको थियो ।

अलीसियाले बताइन कि घरमा नयाँ बर्ष उत्सव मनाउने तयारी भइरहेको थियो । आमा बुबा, हजुर आमा, दाजु सबै मिलेर स्वादिष्ट खाना बनाए । हामी बहुत खुशी थियौं । त्यत्ति बेला मलाई थाहा थिएन कि त्यो समय मेरा लागि एउटा डरलाग्दो खतरा लिएर आएको छ भनेर !

पूरै परिवारसँग खाना खाए पछि अलीसिया निर्धारित स्थानमा आफ्नो साथीसँग भेट्न पुगिन् । भीडमा उनले त्यो साथीलाई खोज्दै मात्र थिइन् कि पछाडिबाट उनलाई कसैले आवाज दियो । सामुमा करीब ४० बर्षजतिको एकजना मानिस खडा थियो । उसको अनुहार इण्टरनेटको मित्रको भन्दा एकदमै भिन्न थियो । तर उसले अलीसियाको नाम किन बोलाइरहेको छ ? के उसले अलीसियालाई चिन्दछ ? उनले यी केही कुरा बुझ्नुभन्दा पहिला नै त्यो मानिसले अलीसियाको हात पक्रेर उनलाई आफ्नो कारमा जबर्जस्ती तान्यो । अलीसियाले मलाई कहाँ लादैछौ ? भनेर सोधिन् । तर त्यसको जवाफ दिनुको साटो उसले कारलाई एकाएक तीब्र गतिमा दौडाउन थाल्यो । कारको शिशाहरु पनि बन्द थिए । अलीसियाले चिच्याएको आवाज पनि बाहिर आउदैनथ्यो । बाटोमा त्यो मान्छेले भन्यो कि म नै तिम्रो इण्टरनेटको साथी हुँ । अलीसिया ठूलो सन्त्रास र भयमा थिइन् । च्याटिङ्गमा राम्रा राम्रा कुरा गर्ने साथी यस्तो कसरी हुन सक्तछ ? उ त आफ्नै उमेरको जस्तो देखिन्थ्यो, तर यो मानिस त धेरै उमेर खाएको छ । यस्तो कसरी हुन सक्तछ ? अलीसिया चिच्याइरहेकी थिइन् तर त्यहाँ सुन्नेवाला कोही पनि थिएन । झण्डै एक घण्टा जतिपछि त्यो मानिसले अलीसियालाई तान्दै आफ्नो घरमा लग्यो र एउटा अँध्यारो कोठामा बन्द गरिदियो । रातभरी उनले एउटा बन्दी जस्तै भएर बिताइन् ।

१ जनबरी २००२ को दिन बिहान निक्कै डरलाग्दो थियो । त्यो मानिस ती बालिकामाथि राक्षसले झम्टेजस्तै झम्टिन थाल्यो । उनलाई बलात्कार गर्यो । अलीसियाले बिरोध गरिन् तर उसले उनलाई खुब पिट्नसम्म पिट्यो । उनले भाग्न नसकुन् भनेर कुक्कुरको साङलो उनको गर्धन बाँधिदियो । यो राक्षसी खेला चार दिनसम्म चल्यो ।

अलीसिया भन्छिन् – आमा बुबाको बहुत याद आइरहेको थियो । मलाई थाहा थियो कि उहाँहरुले मलाई खोजिरहनु भएको होला । मनमा एउटा कुरा आउँदथ्यो कि आफ्नो परिवारसँग फेरि भेट हुने हो होइन, थाहा छैन । त्यो मानिसले उनलाई प्रताडित मात्र गरेन अझ त्यो शर्मनाक बलात्कारको भिडियो पनि बनायो । तेश्रो दिन त्यो उसले भिडियो इण्टरनेटमा राखिदियो । यसैबेला अलीसिया बेपत्ता भएको खबर सञ्चार माध्यमहरुमा पनि छाएको थियो । त्यो भिडियो हेरेपछि एकजना युबकले अलीसियालाई चिन्यो र त्यसको जानकारी अमेरिकी गुप्तचार एजेन्सी – एफबीआईलाई दियो । गुप्तचर एजेन्सीले आरोपी युबकका बारेमा जानकारीहरु जम्मा गर्यो र त्यसको घरमा छापा मार्यो । अलीसियालाई बन्द कोठाबाट बरामद गरियो । आरोपी पुलिसको पकडमा पुग्यो ।

छोरीको अबस्था देखेर आमा बुबा बिक्षिप्त जस्तै बनेका थिए । अलीसियालाई अबसाद(डिप्रेसन) भयो । उनको स्वास्थ्य पनि धेरै खराब भयो । निरन्तर मेडिकल काउन्सिलिङ्ग अर्थात् उपचार सल्लाह दिने गरियो । अलीसिया भन्छिन् आमा बुबाले मलाई टुट्न दिएनन् । उहाँहरुको प्यार र हौसलाको कारणले ममा फेरि बाच्ने हिम्मत आयो । एक बर्षपछि फेरि उनी स्कूल जान थालिन् । अलीसियाले अब बुझिसकेकी थिइन् कि इण्टरनेटमा अञ्जान या अपरिचित मानिसहरुसँग मित्रता गर्नु कस्तो खतरनाक हुन सक्दो रहेछ ! बुबाको मद्दतबाट उनले अलीसिया प्रोजेक्ट आरम्भ गरिन् । यस अन्तरगत उनले बाल बच्चालाई जागरुप तुल्याउने काम गर्न थालिन् । अलीसिया भन्छिन् – म आपैm प्रस्तुतिकरण (प्रेजेण्टेशन) गर्दथे ! आफुमाथि बितेको कथा–ब्यथा मानिसहरुलाई सुनाउदथे जसले गर्दा उनीहरु सचेत होउन् । त्यो क्रम अहिले पनि जारी छ ।

उनले इण्टरनेट सुरक्षा कानुन बनाउनका लागि लामो अभियान पनि चलाइन् । यसको सरकारमाथि असर पनि पर्यो । उनको नाममा नै अलीसिया कानुन पनि बन्यो । यस अन्तरगत बाल बालिकाहरुलाई यौन उत्पीडनबाट बचाउनका लागि सरकारको तर्फबाट आर्थिक सहयोग दिने गरिन्छ । अलीसियाको जीवनलाई लिएर बनेको ‘डकोमेण्ट्री’ चलचित्र अलीसिया म्यासेजलाई अमेरिकामा धेरै नै मनपराइयो । अमेरिकी कंग्रेस(संसद)मा उनलाई बाल बच्चाहरुका लागि इण्टरनेट सुरक्षाका सम्वन्धमा बोल्नका लागि पनि आमन्त्रण गरियो । २००७ मा ‘करेज अबार्ड’ अर्थात् ‘साहस पुरस्कार’बाट उनी सम्मानित पनि भइन् । २००९ मा उनकै पहलमा अमेरिकामा ‘प्रोटेक्ट आवर चिल्डेन’ कानुन पनि बन्यो ।

  • प्रकाशित मिति : मंसिर ११, २०७७, बिहीवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८