• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आधा धान र आधा भुष स्याहार्दै चितवनका किसान

  • खबरदाता

आधा धान र आधा भुष स्याहार्दै चितवनका किसान

 

कार्तिक २०,२०७७

दसैँताकानै धान भित्राउन भ्याई नभ्याई भएको चितवनका किसान मनमा आँशु राखेर वाहिर हाँस्न वाध्य छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएका उनीहरु अहिले धानको फल भन्दा धेरै भुष भित्राउन वाध्य भएपछि लागत त परको कुरा वर्षभरी खान पनि पुग्दैन कि भन्ने चिन्तामा रहेका छन् ।

भरतपुर ४ की लक्ष्मी सापकोटाको खेतबाट अहिले दन्त्य लहर हाँसेका हिमाल देखिन्छ । कुनै समय हिमालको हाँसो सँगै राम्रो उत्पादन भएको धान भित्र्याएकि उनलाई यो पाला भने हाँसेको हिमालले आफ्नै पीडालाई गिज्याइरहेको अनुभूति हुन्छ ।

६ कठ्ठा क्षेत्रफलको खेतमा पोहोर साल २२ मुरी धान भित्र्याइन उनले तर अहिले त्यसको आधा मात्रै धान उत्पादन भएको छ । उनले भनिन् ,“ धान भित्राउने बेला पोपटा भित्राउनु परेको छ । किसानलाई सधैँ पीडा छ । ” एक पटक खेती लगाउँदा २० देखि २५ हजार खर्च लागेको बताउँदै अहिले त्यो नउठ्ने चिन्तामा सँगै वर्षभरी पनि परिवारलाई खान नपुग्ने होकी भन्ने चिन्ता समेतको पिडा छ उनमा।

सोही ठाउँकी राधा खनाल धान सिँगार्ने बेला भुष भित्राउन वाध्य भएको भन्दै सरकारप्रति आक्रोश पोख्छिन। समयमै समस्या लिएर सम्वन्धित निकायमा जाँदा पनि उचित सल्लाह नपाउँदा क्षती धेरै व्यहोर्नु परेको उनको गुनासो छ ।

उनले भनिन ,“ खोइ सरकारले हेरेको रु बल्ल बल्ल समस्या पहिल्याएर औषधि छर्कदा पनि औषधिले काम गरेन । ” धान खेतीमा भएको क्षतीपछि केहीले अनुदान वा क्षतिपुर्ति पाएपनि आफूहरुले अहिले सम्म केही पनि नपाएको बताउछिन उनि ।

यस पटक समयमै पानी परेपछि राम्रो धान फल्ने आशामा बलराम लामिछाने ले ८ कठ्ठामा खेती गरे । तर रोगव्याधी र सरकारले समयमै मल वीउ दिन नसक्दा उत्पादन क्षमताको आधा मात्रै परिमाणमा सीमित हुन वाध्य भएको उनको भनाइ छ।

जतिवेला मल आवश्यक भयो त्या भेला भौतारिन परेको बताउँदै बल्ल बल्ल ब्याल्कमा मल किनेर हालेपनि पानी धेरै परेर अझ वढि नोक्सान भएको उनको भनाई छ ।

१५ कठ्ठामा धान खेती रहेको कृष्ण चापागाईको पीडा पनि उस्तै छ । उक्त क्षेत्रका ५० देखि ६० जना किसान अहिले आधा धान आधा भुष स्याहार्न वाध्य छन् । धानको सुइरो नै सुकेपछि ४० देखि ४५ मुरी धान भित्राइ रहेका उनले अहिले कठिनले १० मुरी धान फलेको बताए । समयमा हाइव्रिड वीउ र मल नभएकाले किसान मारमा परेको उनको भनाई छ । सरकार किसानमैत्री नहुँदा सम्म उत्पादन खाने बेला पीडामा बस्नुपर्ने अवस्था आइरहेको छ।

उत्पादन लागत समेत नउठ्ने भन्दै उनले सरकार कहिले किसानमैत्री होला भन्दै प्रश्न गरे । खेत रोप्नेलाई दैनिक सात सय, बाउसेलाई १ हजार,थेसर लगाई धान झार्दा प्रति मिनेट २६ रुपैया सम्म तिर्नुपरेको बताउँदै मानो लाएर मुरी उब्जाउने कथन कथनमै सीमित भएको किसानहरुले चिन्ता व्यक्त गरेका छन् । यो वर्षको नोक्सानीले पाठ सिकेर सरकारले अर्को वर्षका लागि मल विउ लागत कम हुने गरी उत्पादन गराउन पूर्व तयारी सहित किसानलाइ प्रथामिकतामा राख्न उनीहरुको आग्रह छ ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाको सवै ठाउँका धानमा यस पटक रोगव्याधी धेरै लाग्यो । उत्पादन कति घट्छ अहिल्यै भन्न नसक्ने भएपनि गत बर्स भन्दा यस्पाली उत्पादनमा ह्रास हुने अनुमान गरिएको छ । अहिले स्थानीय तहहरुबाट तथ्याङ्क लिने काम भइरहेको सूचना अधिकारी सुरुचि त्रिपाठीले बताए ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७, बिहीवार ०५:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८