कार्तिक -२०, २०७७
भरतपुर । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
बिहिवार गरिएको परिक्षणमा चितवनका ८९ सहित १२५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका ६५ ,रत्ननगरका १२ ,खैरहनिका ५ ,
राप्तीका ३, कालिकाका १ र माडिका ३ जना समेतगरि ८९ जना रहेका छन।
यस्तै अन्य संक्रमित हुने हरुमा नवलपुरका २०,मकवानपुरका ३,गोरखाका ४,तनहुँका २ र नवलपरासी ,रौतहट ,काठमाडौका,धादिङ ,सिन्धुली ,दाङ र पर्साका १/१ सहित ७ जना गरि जम्मा १२५ जना रहेका छन।
संक्रमितहरु ४ देखि ८१ बर्ष सम्मका रहेकोका छन।
सिएमसि स्वाब संकलन केन्द्रबाट संकलन गरिएका ३८४ नमुनाको परिक्षण गर्दा २५९ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने १२५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८