• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चेन्नईको अर्को हार, तेस्रो जित निकाल्दै कोलकता तेस्रो स्थानमा

  • खवरदाता

चेन्नईको अर्को हार, तेस्रो जित निकाल्दै कोलकता तेस्रो स्थानमा

आश्विन–२२, २०७७

दुई टोली बिचको “ट्याक्टीकल ब्याटल”रहेको आइपिएलको खेलमा कलकत्ता नाइट राइडर्सले चेन्नाइ सुपर किङ्सलाई १० रनले पराजित गरेको छ । १६८ रनको लक्ष्य पाएको चेन्नाइ ५ विकेटको क्षतीमा १५७ रन जोड्यो । राहुल त्रिपाटीले ५१ बलमा ८१ रन बनाएको खेलमा स्टार खेलाडीले भरिएको कलकत्ताको मध्यक्रम भने निस् प्रभावी बनेको थियो । चेन्नाइका सेन वाटसनले पनि अर्धसत्तक प्रहार गरे भने अन्य प्रभावी भएनन् । बलिङ पिच भएका कारण भन्दा बलि बलरहरू आफ्नो योजनामा सफल भएका कारण खेलको दिसा यसरी मोडिएको थियो ।

१० बलमा १७ रन बनाएका फाप डु प्लेसिस शिवं माभिको बलमा आउट भए पछि अम्बाती रायडु र वाटसनले खेललाई नियन्त्रणमा राखेका थिए । यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । चेन्नाइलाई आठ ओभरमा ६९ रन चाहिएको अवस्थामा कमलेश नगरकोटीले रायडुलाई आउट गरे पछि बिस्तारै खेल कलकत्ताको पक्षमा मोडिएको थियो ।

लगत्तै अर्को ओभरमा सुनिल नारायणले वाटसनलाई एलबिडब्लु आउट गरे । ४१ बलमा ६७ रन आवश्यक रहेको क्रिजमा दुई नयाँ ब्याट्सम्यान थिए । वरुण चक्रवर्ती बाँकी दुई ओभरमा किफायती मात्र भएनन् महेन्द्र सिंह धोनीको विकेट पनि लिए । नारायणले पहिलो दुई ओभरमा ८ रन मात्र खर्चे पनि उनको तेस्रो ओभरमा साम कुरानले चौका र छक्का प्रहार गरेका थिए ।

आन्द्रे रसेलले आफ्नो पहिलो बलमा साम कुरानलाई आउट गरे । डेथ ओभरमा उत्कृष्ट देखिएका रसेलका नौ बलमा चौका र छक्का प्रहार गर्न चेन्नाइका ब्याट्सम्यान असफल रहे । यसमा अधिक त डेथ बल नै रहे । अन्तिम तिन बलमा भने रवीन्द्र जडेजाले १४ रन जोडे पनि त्यो अर्थहीन भइसकेको थियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकत्ताले उत्कृष्ट सुरुवात गरे पनि मध्य क्रम भने पुरै असफल भएको थियो । जसका कारण टोलीले सबै बल खेलेर सबै विकेट गुमाएर १६७ रन जोड्न यस सत्रमा पहिलो सुरुवातमा ब्याटिङ गरेका राहुल त्रिपाटीले ५१ बलमा ८१ रन जोडे । पावर प्लेमै उनले १८ बलमा ३१ रन जोडेका थिए । शुभमन गील र नितेस रानाले प्रति बल एक रन भन्दा कम रन प्रहार गरे पनि चौथो क्रममा आएका नारायणले ९ बलमा १७ रन बनाए पछि योजना केही सफल भएको थियो ।

पीयूष चावालाको स्थानमा आएका करण शर्माले पहिलो ओभरमा १२ रन खर्चे पनि राम्रो कम ब्याक गर्दै राना र नारायणको विकेट लिए । यसमा जडेजाले लिएको रानाको उत्कृष्ट क्याच पनि समावेश रहेको थियो । ड्वान ब्राभो, कुरान र सार्दुल ठाकुर सबैले उत्तिकै उत्कृष्ट बलिङ गरे, आएन मोर्गान, रसेल र दिनेश कात्तिक असफल रहे । प्याट कुमिन्स भने ९ बलमा १७ रन जोड्दै अविजित रहे । त्रिपाठी खेलका म्यान अफ द म्याच घोषित भए । ६ अंक सहित कलकत्ता तालिकाको तेस्रो स्थानमा रहेको छ । चेन्नाइ ४ अंक सहित पाँचौ स्थानमा छ ।

  • प्रकाशित मिति : असोज २२, २०७७, बिहीवार ०१:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८