• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

‘सामाजिक दुरी’ शब्द नै लजाउने गरी चितवनमा भीड

  • खवरदाता

‘सामाजिक दुरी’ शब्द नै लजाउने गरी चितवनमा भीड

आश्विन–२१, २०७७

चितवन । ‘ओई सु न त म त आज भोलि मास्क लगाउनै छोड्दिए नी, म डराउन्न कोरोनाबाट । ’

जुँगाको रेखी वस्दै गरेको (अन्दाजी १७÷१८ वर्ष) भर्खरको युवाले आफ्नो साथीलाई यसो भन्दै थिए । साथीसँग गएको शनिवार मोटरसाइकल बनाउन ग्यारेजमा आए । एन एस वाइकमा आएका उनी आफू केही गरेनन् तर साथीको मोटरसाइकल धुन साथी आएका रहेछन् । बाइक धुन दिएपछि साथीसँगको गफमा उनले सो वाक्य बोलेका थिए । जवकी स्वास्थ्य कार्यालय चितवनले गत असोज १६ गते उपलब्ध गराएको तथ्याङ्कमा यो उमर समुहका सहित ० देखि ३० वर्ष उमेर समूहका ८८० जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । जुन सवै भन्दा उच्च हो अन्य उमेर समुहको तुलनामा ।

त्यस्तै राष्ट्रिय वाणिज्य वैँक भरतपुर चौविस कोटीमा पनि सामाजिक दुरीको धज्जी नै उडाउने गरी मानिसहरुको थुप्रो छ । मुख्य सडकको आडैमा रहेको उक्त वैँकका कर्मचारीमा यस अघि कोरोना संक्रमण पुष्टी भइसकेको हो । तर अझै पनि वैँकलाई सेवा लिन आउने सेवाग्राहीहरुलाई दुरी कामय गराएर सेवा दिन सकिरहेको छैन । एक अर्कासँग टास्सीने गरी सेवा लिन लाइन लागेको देखिन्छ । वैँकमा विभिन्न क्षेत्रमा कार्यरत धेरै ठाउँहरुका मानिसहरु आएर सेवा लिने गर्दछन् । कोरोना संक्रमणको उच्च जोखिम रहेको भएपनि न यहाँ प्रशासनको ध्यान गएको छ न वैँकको नै । वैँकमा रहेका गार्डहरुले कहिले काहिँ दुरी कायम राख्नु भनी चिच्चाएपनि मानिसहरुले पनि अटेर गरेका छन् ।

त्यस्तै लकडाउन खुलेसँगै सरकारले दुरी कायम गरेर मात्रै सरकारी कार्यालयबाट सेवा प्रवाह गर्न निर्देशन दिइएको थियो । तर अहिले मालपोत कार्यालय चितवन लगायतका सरकारी कार्यालयमा न सामाजिक दुरी छ न यसको कार्यान्वयनका लागि त्यहाँ कोही खटिएका छन् । अझ मालपोत कार्यालयमा भद्रगोल छ । न सेवाग्राही आफैले त्यसको पालना गरेका छन् न कर्मचारीले पालना गराउन त्यहाँ भनेका छन् ।

वढ्यो कोरोना संक्रमणको जोखिम

जिल्लामा पछिल्लो समय वढेको चहलपहलले कोरोनाको संक्रमण वढाएको छ । बजारमा उस्तै भीड छ भने सेवा लिने हरेक कार्यालय, व्यवसायीक पसल लगायतमा कुनै पनि सामाजिक दुरी कायम भएको पाइदैन । चाडपर्व नजिक आएसँगै भएको भीडभाडले जोखिम वढाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए ।

जिल्लाका करिव ४० प्रतिशतले मास्क नै लगाउँदैनन तिवारीले भने, “यति ठूलो महामारी रोगप्रति मानिसहरुको न सचेतना छ न भय, यसले कालान्तरमा संक्रमित वढ्ने देखिन्छ ।” किन भय अर्थात सचेतना नभएको होला भन्ने प्रश्नमा तिवारी भन्छन्, “सायद शिक्षित धेरै भएर होला किनभने जहाँ अशिक्षित हुनुहुन्छ त्यहाँ गएर यसो गर्नुहोस यो नगर्नुहोस भने कार्यान्वयन हुन्छ तर शिक्षित व्यक्तिले उल्लंघन गरेको पाइन्छ ।”

पसल व्यवसाय संचालकले पनि सामाजिक दुरी कायम नगर्ने र बजारको क्षेत्रमा एउटै सामान धेरैले छान्ने, छुने र हेर्ने वानी हुन्छ यसले जोखिम वढाउँछ । तिवारीले अत्यावश्यक सामान जसलाई छुनै पर्नेलाई मात्रै हात लगाउन अन्यथा नछुन आग्रह गरे ।

सरकारी कार्यालयहरुमा पनि धेरै कार्यालहरुमा सेवाग्राही कम छन् । यातायात र मालपोतमा दुरी छैन । त्यहाँ आवश्यक सावधानी अपनाउन खोजेपनि संक्रमणबाट जोगिन सुविधा दिएपनि त्यसको परिपालन नगर्ने मानिसहरु धेरै रहेको तिवारीले बताउछन् । जति सक्दो चाँडै काम सकौँ भन्ने वानीले जोखिम रहेको उनको भनाई छ । व्यवहार परिवर्तन हुन जरुरी रहेपनि आज सम्म नेपालमा मात्रै ५७८ जनाको मृत्यु भइसकेको छ । प्रत्येक दिन २ हजार माथि संक्रमित वढिरहेका छन् ।

आजसम्म चितवन जिल्लामा कोरोना संक्रमितको कुल संख्या २४ सय ९० पुगेको छ भने २६ जनाको मृत्यु र १४ सय बढी निको भएका छन् । त्यसैले अझै संक्रमणको जोखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने तिवारीले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज २१, २०७७, बुधवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८