• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एग्रोभेटमै अल्झिदा धानमा क्षती वढ्दो, सरकारी निकाय किसानसम्म नजादा थप समस्या

  • संबाददाता

एग्रोभेटमै अल्झिदा धानमा क्षती वढ्दो, सरकारी निकाय किसानसम्म नजादा थप समस्या

आश्विन–१२,२०७७

चितवन । भरतपुर महानगरपालिका ४ का ओमप्रकाश गौतम यस पटक राम्रो धान फल्ने आशामा थिए । मनसुन समयमै सुरु हुँदा रोपाई पनिगरे । समयमै रोपाई गर्न पाएका गौतमको त्यो आशा भने धेरैदिन टिक्न पाएन । रोपेदेखि धान पसाउन लाग्दा सम्म पनि पर्याप्त मल पाउनु भएनन् । न सरकारले मल दिन सक्यो न प्राविधिक सेवा । अहिले यही चपेटामा किसान परेका छन् । समयमै मल नपाउँदा अहिले धानमा गवारोको समस्या देखिएको उनिँ बताउछन् । १४ कठ्ठामा धान खेती गरेका गौतम गवारो र पुतलीले पसाउने समयको धानका गुवो खाइदिएर पराल बनाइदिएको छ । फल नै नदिएर परालमा परिणत हुने होकी भन्ने डर भयो । न सरकारले हेर्छ न सरकारी प्राविधिकले । हामी त सधैँ समस्यामा छौँ । लगानी पनि नउठ्ने भयो । ”

१ विघा क्षेत्रफलमा धान खेती रहेको अर्का स्थानीय लक्ष्मण सापकोटालाइ पनि यही समस्याले पिरोलेको छ । पराल जस्तै हुन लागेको धान देखाउँदै भेटनरीमा धाउन थालेको धेरै भयो तर समस्या उस्तै छ । उनि भन्छन् “ पोहोर पनि यही समस्या देखियो । एग्रोभेट गएर औषधि ल्याएर छर्र्किएपछि समाधान भयो । अहिले ३ पटक भयो प्रयोग गरेको झन् सखाप पारेको छ ।”
एउटा गाँजमा लागेको किरा हटाएर अर्कोमा जान्न की भनेर किसानहरुको खेतमै दिन काट्न थालेका छन । धान उत्पादन घट्ने चिन्ता त छदैछ । रोप्दा फेरिको लगानी पनि नआउने होकी भन्ने चिन्ता थपिएको उनीहरु बताउँछन् ।

सरस्वती सुवेदीको करिव १२ कठ्ठामा धान खेती छ । हरियो धान लहलह भई पसाउने वेला हो । तर धानको पात नै सेतै वनाउने गरी किराले पात खाएको छ भने गुवो खाँदा के भएको हो भन्ने नै थाहा नभएको उनि बताउछन् । सरकार त आयो तर कसलाई आयो आयो ? उनि भन्छिन “ किसानको घरघरमा आएर समस्या वुझि समाधान गरिदिने दिन नआउँदासम्म हामी सधैँ समस्यामा छौँ । ”

१८ कठठमा धान खेती गरेका भरतपुर ५ कल्याणपुरका अर्का कृषक तीलक पौडेल आफ्नो सँगै अरुको खेतमा पनि गवारो मार्ने औषधि छर्कर्नछन् । उनले नै अधिकाँश किसानको खेतमा औषधि छर्कने गर्छन । विगतका वर्षमा चाँडै समाधान भएपनि यो पटक भने तीन पटकसम्म औषधि राख्दा सम्म समाधान नभएको भन्दै किसानको समस्या वुझिदिन आग्रह गर्छन । पोहोर अहिले प्रयोग भएकै जस्तो औषधि एग्रोभेटबाट लैजादा काम गरेको भएपनि अहिले पटक पटक औषधि राख्दासम्म समाधान नभएको उनि बताउछन् । उनले २५० एमएलको जि एट्याक नामको विषादी प्रयोग गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भने विषादी प्रयोग नगर्न सुझाव दिन्छन । अन्तिम अवस्था आए मात्रै प्रयोग गर्ने हो तर त्यसको पनि प्रयोग विधि हुन्छ त्यो थाहा नहुँदा विषादी मात्रै छर्ने समस्या उही रहने उनको भनाई छ । दिउसोको १ बजे अगावै विषादी छर्नुपर्ने र अहिले पानी धेरै परेकाले पनि विषादीले काम नगरेको हुन सक्ने उनि बताउछन् ।
एग्रोभेटमै सीमित हुँदा क्षती धेरै

तिलक पौडेले आफै औषधि छर्कन हिँडेपनि औषधिको नाम वारे त्यति जानकार छैनन् । एग्रोभेटका संचालकले जुन औषधि दिन्छन् सोही औषधि एग्रोभेट संचालकको सल्लाहामा छर्कने गर्छन । तर तीन पटक भयो औषधि राखेको समाधान नभएको उनि आफै स्वीकारछन् । अनि तीन पटकसम्म पनि समाधान नहुँदा सरकारी निकाय जानुभाछैन त भन्ने प्रश्नमा पौडेल भन्छन “गएको छैन ।”

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले किसानहरु एग्रोभेटमै अल्झिदा थप क्षती भएको बताउछन् । विज्ञ प्राविधिकसम्म आएर सल्लाह र सिफारिस लिन नखोज्दा समस्या भएको भन्दै एग्रोभेटले आफ्नो मार्केटिङ बढाउन आवश्यक औषधि नदिएको हुन सक्ने उनि बताउछन् । सवै एग्रोभेट त्यो नहोलान ढकाल भन्छन,“ मार्केटिङको पाटो बाट मात्रै हेर्दा पटक पटक औषधि लगेर पनि समाधान नभएको हुन सक्छ ।” त्यसैले ढकाल एग्रोभेट संचालकहरुलाई पनि सुझाव दिँदै औषधि प्रयोग गर्नासाथ समाधान हुने गरी सिफारिस गर्न सुझाउछन् ।

यसो गर्दा किसानलाई पनि राहत हुनुका साथै विश्वास वढ्ने र दीर्घकालिन बजार पाउने बताए । तर कतिपय एग्रोभेट संचालकलाई नयाँ नयाँ विशेषता सहितका किरा वारे ज्ञान नहुँदा पनि विषादी सिफारिसमा समस्या हुने र समाधान नहुने हून्छ । त्यसैले पनि किसान सरकारी कार्यालयमै आउनुपर्छ ढकाल भन्छन् ।

यो पटक पानी धेरै परेकाले गवारो र फड्केको समस्या अत्यधिक रहेको ढकालले बताउछन् । समस्या के हो ? पर्याप्त अध्ययन विना औषधि प्रयोग गरे समाधान नहुने भन्दै कम्तीमा एक पटक कृषि ज्ञान केन्द्र चितवन आउन किसानहरुलाई आग्रह गरेका छन् । अहिले कार्यालयबाट पनि प्राविधिकहरु फिल्डमै धेरै खटिएको भन्दै समस्या समाधानमा लागिरहेको उनको भनाई छ ।

चितवन जिल्लाको क्षेत्रफल २ लाख २१ हजार ८ सय हेक्टर क्षेत्रफल हो । त्यस मध्य ४६ हजार ८ सय ९४ हेक्टर खेतीयोग्य जमिन छ । जसमा २७ हजार ४४५ हेक्टरमा वर्खे धान खेती गरिने चितवनमा किसानको समस्या समाधान गर्न सवै जिम्मेवार हुनुपर्ने देखिएको छ । स्थनीय सरकार छ तर किसानको गुनासो सुन्ने ठाउँ छैन । न किसानको गुनासो सुन्ने टोलटोलमा व्यवस्था छ न कुनै कल सेन्टरको । यो महामारीमा घरबाट वाहिर हिँड्न डर हुने हुँदासम्म पनि किसानको गुनासो सुन्ने कुनै माध्यम वनाइएको छैन । किसान सम्वन्धित सरकारी निकायसम्म जान गाह्रो मान्छन् भने सरकारी कर्मचारी जनताको खेतमा ।

समस्या लागेपनि समाधानमा चासो नदिदा सरकारी निकाय जानै छाडेको किसानहरु बताउँछन् । यही प्रकृया चल्दै गए धान उत्पादनमा आत्मनिर्भरतर्फ मद्दत गरेको चितवनमा उत्पादनमा घट्ने देखिन्छ ।

  • प्रकाशित मिति : असोज १२, २०७७, सोमवार ०८:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८