• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

चैत्र २६ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र २६ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत २६, २०८०, सोमवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

 

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २६ गते तद्अनुसार सन् २०२४ अप्रिल ८ तारिख सोमबार चैत्र कृष्ण पक्षको अमावश्या तिथि उत्तरा भाद्रपद नक्षत्र ऐन्द्र योग चतुष्पाद करण आनन्दादिमा गद योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ । दर्शश्राद्ध, हलो तथा निशि बार्ने, घोडेजात्रा, सोमबारे औंसी ।

आजको राशिफल

मेष – अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ, धैर्यले काम लिनुहोला । यात्रा(व्यवस्थापनमा खर्च बढ्न सक्छ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपरे पनि हौसला कायम रहनेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काममा थप प्रयत्न गर्दा सफलता मिल्ने देखिन्छ ।

वृष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा फाइदै हुनेछ । तर यात्रागत कार्यमा सरिक हुनुपर्ने योग छ । यात्रामा धनमाल हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नाले उत्साहको अवस्था रहला ।

मिथुन – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय भएपनि छरछिमेकमा केही असमझदारी बढ्ने देखिन्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ, सचेत रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने देखिन्छ । कर्मबल बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । रोकिएका काम पनि सम्पादन होलान् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पराक्रम वृद्धि भइ कामहरू बन्लान्, तर विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख मिल्न सक्छ, सचेत रही कार्य गर्नुहोला ।

सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रयत्न गर्दा नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ने योग छ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । दौडधुप एवम् जोखिम बढ्नेछ, तथापि रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै अरुको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दाम्पत्य सुख बढ्नेछ भने प्रेम भाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । परिवामा सुखशान्ति रहला ।

तुला – शुभदायी दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – समय केही चुनौतीयुक्त छ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्नेछ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, धैर्यता राख्नुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । पराक्रमात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च वृद्धि हुन सक्ने योग रहेकोले योजना र बजेट बनाइ खर्च गर्नुहोला ।

धनु – व्यस्तता बढ्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । आश मारेको कामले उत्साह जगाउनेछ । काममा मातापिताको सहयोग प्राप्त हुने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ भने नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य पनि सबल रहनेछ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ, शत्रुवक्ष परास्त हुनेछ ।

कुम्भ – चुनौती बढेपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – शुभता वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ भने बौद्धिकतासम्बन्धित काममा सफलता प्राप्त होला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । सुखविलासको भाव वृद्धि हुने देखिन्छ ।

  • प्रकाशित मिति : चैत २६, २०८०, सोमवार ०६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८