• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

जापानमा ९० लाख घर खाली

  • खबरदाता

जापानमा ९० लाख घर खाली

 

टोकियो– जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३।८ प्रतिशत हुन आउँछ । जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन् । त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् ।

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच(पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ ।

सन् १९७३ मा खाली घरहरूको सङ्ख्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५।५ प्रतिशत हो । मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ ।

  • प्रकाशित मिति : वैशाख १९, २०८१, बुधवार १४:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८