• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

चैत्र २२ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र २२ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत २२, २०८०, बिहीवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २२ गते तद्अनुसार सन् २०२४ अप्रिल ४ तारिख बिहीबार चैत्र कृष्ण दशमी तिथि श्रवण नक्षत्र सिद्धि योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १८ः२२ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन त्यत्ति उत्साहजनक नरहला । व्यावसायिक काममा सामान्य फाइदा उठे पनि तत्काल खर्च हुने योग छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आलस्य र कमजोरीको अनुभूति हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । नजिकका मित्रहरूको सहयोग प्राप्त हुनेछ ।

वृष – प्रतिष्ठित काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । कीर्तिमानी काम सम्पादन हुनाले उत्साह बढ्ने योग छ । तथापि, विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्दा केही प्रतिकुलता पैदा हुन सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला, जसबाट हौसला बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ, तथापि आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । जोखिम बढ्ने योग रहेकोले आजको दिन अरुको भर नपर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ भने पराक्रम बढ्नेछ ।

कर्कट – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउला । समयमा होश नपुग्नाले खर्च वृद्धि हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किलपर्ने योग छ । साझेदारीको काम बन्नेछ । परिवारिक सुख र प्रेमभाव वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । रमाइलो यात्राको योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, सचेत रहनुहोस् । रसरागमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । श्रमको उचित मूल्यांकन होला, तर खर्च वृद्धि हुने देखिन्छ । पढाइलेखाइमा राम्रै छ । तर, बन्दै गरेको काममा रोकावट आउने योग रहेकोले सचेत रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ ।

तुला – व्यस्तता बढ्नेछ । काम बिग्रने भयले सताउने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने योग छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वास्थ्य सामान्य कमजोर रहला । यसका बाबजुद स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । यात्रा हुन सक्छ ।

वृश्चिक – अनुकूल समय भएकोले सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने दिन छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आलोचनाको शिकार हुन पनि सकिने योग भएकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । आफन्तको साथ(सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – व्यापार तथा उद्योगतर्फबाट फाइदा मिल्ने समय छ । यात्राको व्यवस्थापनमा भने खर्च हुने योग छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – सफलताका लागि थप प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन भने सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले विशेष सतर्कताका साथ व्यवहार गर्नुहोला । आत्मविश्वासका साथ सामर्थ्य वृद्धि हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – प्रतिष्ठित काम गर्ने मौका जुर्ने र आत्मविश्वास बढ्ने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । तथापि, महत्वपूर्ण योजनामा अवरोध आउने योग छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जनको सवालमा दिन राम्रै हरहला । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

  • प्रकाशित मिति : चैत २२, २०८०, बिहीवार ०६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८