• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

राष्ट्रिय व्यवसायिक पशुपालनद्धारा आश्रममा भोजन


राष्ट्रिय व्यवसायिक पशुपालनद्धारा आश्रममा भोजन

जेष्ठ १८,२०८० / टिकादत्त तिमिल्सिना

भरतपुर । २३ औं अन्तराष्ट्रिय दुध दिवस चितवनमा विभिन्न औपचारिक कार्यक्रम आयोजना गरि मनाईएको छ । दुध दिवसकै अवसरमा व्यवसायिक पशुपालन तथा दुध उत्पादन कृषक समाज नेपालको आयोजनामा चितवन मानव सेवा आश्रम भरतपुरमा २३ औं अन्तराष्ट्रिय दुध दिवस मनाईएको छ । समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यूरेले दुध यस्तो अमृत खाद्य पदार्थहो जस्को अभावमा जीवनको कल्पना गर्न सकिदैन । त्यसैले हामी दुधको व्यवसाय गर्ने किसानहरुले सधैं नाफाको व्यापारमा मात्र नभई कहिलेकाही घाटामा पनि रमाउनु पर्छ भने आत्मविश्वास एवं मानविय सोचले व्यवसायमा प्रतिबध छौं । संसारको हरेक देशमा राज्यले किसानहरुलाई उच्च(प्राथमिकतामा राखेर हेर्ने गरिन्छ तर दुरभाग्य हाम्रो पटक पटकको प्रयासले पनि नेपाली किसानहरु राज्य बाट अपमानित भएको छ।

अध्यक्ष न्यूरेले ४ बर्ष अगाडि दूध दिवसकै समय पारेर चितवनलाई दुधमा आत्मनिर्भर जिल्ला घोषणा गर्दा खुशी रहेका पशुपालक किसान अझै पनि समस्यामा रहेका छन् । यस विषयमा सम्बन्धित निकाय जिम्मेवार नभएको अध्यक्ष न्यूरेको आरोप छ ।

कार्यक्रममा बोल्दै समाजका सचिव इन्द्रमणी गैरेले चितवनका किसानहरुलाई दुधको बजारीकरण सहज बनाईदिन सरकार सँग आग्रह समेत गरेका छन् ।अन्यथा सबैजना पेसाबाट पलायन हुन सक्छन उनले बताए ।

दूधमा आत्मनिर्भर जिल्ला चितवनमा दैनिक ३ लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने ५ सय बढि व्यवसायीक किसान यहाँ छन् ।जसले उत्पादन गरेको ६० प्रतिशत दुध बाहिरी जिल्लामा जाने गरेको छ ।

२३ औं अन्तराष्ट्रिय दुध दिवसकै अवसरमा आज व्यवसायिक पशुपालन तथा दुध उत्पादन कृषक समाज नेपालले चितवन मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा तथा बालवालिकाहरुलाई एक दिनको लागी खाजा र २ दिनको लागि खानाको व्यवस्था गरिएको अध्यक्ष न्यूरेले बताए । दुध दिवसको औपचारिक कार्यक्रम सँगै आश्रममा रहनुभएका व्यक्तिहरुलाई दुध जन्य परिकार सहित खाजा खुवाएर मनाइएको हो ।

चितवन मानव सेवा आश्रमकी सन्चालिका देवी आचार्यले आश्रमको बारेमा जानकारी दिदै मानव सेवा जस्तो पवित्र कार्यमा सबैको साथ र सहयोग रहेको बताइन । आश्रममा बृद्धबृद्धा, युवायुवती र दुई बालबालिका गरी ५२ जना आश्रित रहेका छन । आश्रम ७ बर्षअघि देखि सञ्चालनमा रहेको आचार्यले बताइन ।

उक्त कार्यक्रममा समाजका चितवन जिल्ला अध्यक्ष बिष्णु अधिकारी , केन्द्रिय सदस्य प्रदिपराज पन्त, हरी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : जेठ १८, २०८०, बिहीवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८