• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

शारिरीक क्षमता कमजोर भएकालाई निःशुल्क सवारी चालक प्रशिक्षण


शारिरीक क्षमता कमजोर भएकालाई निःशुल्क सवारी चालक प्रशिक्षण

फागुन १३ ,२०७९ / टिकादत्त तिमिल्सिना

चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निशुल्क सवारी चालक परीक्षण दिन शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित चितवन ड्राईभिङ्ग स्कुलले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै स्कुलका सञ्चालक माधव प्रसाद अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन लागिएको बताउनु भयो ।
‘यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निशुल्क प्रशिक्षण दिनेछौं ।’ अधिकारीले भन्नुभयो ।

शुभारम्भ गरेसंँगै संस्थाले एक साताको लागि जुनसुकै सवारी साधन प्रशिक्षणमा प्रशिक्षार्थीलार्ई ५० प्रतिशत छुटको घोषणा गरेको छ । दक्ष सवारी चालक बनाउन र दुर्घटना न्यूनिकरणको लागि संस्थाले प्रशिक्षण शुरु गरेको हो दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिनुभयो ।

नेपाल सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पुरा गरी चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरी सञ्चालनमा ल्याईएको थापाले बताउनुु भयो । चितवन तथा छिमेकी जिल्लालाई लक्षित गरीे दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण दिई कुशल चालक उत्पादन गर्ने र सबै चालकहरुलाई सवारी अनुमति पत्रको पहुंँच पुर्याउने उद्धेश्यले सञ्चालनमा ल्याईएको थापाको भनाई छ  ।

ड्राईभिङ्ग स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारी सहित राजन क्षेत्री , विवेक जंग थापा र रामनारायण घिमिरेले करीब ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याउनु भएको हो ।
अत्यधुनिक पूर्वाधार र सेवा सहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षक द्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल मोटरसाइकल, स्कुटर, अटो र चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०७९, शनिवार १८:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८