• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नारायणी किनारमा दुई गैंडा मृत भेटिए

  • खबरदाता

नारायणी किनारमा दुई गैंडा मृत भेटिए

माघ ६, २०७९

 

नवलपुरको मध्यबिन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार मृत अवस्थामा भेटिएका दुई वटा गैंडामध्ये एउटाको खाग पनि निकालिएको छ। थप अध्ययन गर्न निकुञ्जका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

अहिले गैंडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ।

चोरी शिकारीमा गैंडा मारेको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन्। दुई वटा गैंडा मृत देखिएपछि स्थानीय बासिन्दाले नै निकुञ्जलाई खबर गरेका थिए।

  • प्रकाशित मिति : माघ ६, २०७९, शुक्रवार २०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८