• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

क्रोएसियालाई दोस्रोपटक तेस्रो स्थान

  • खबरदाता

क्रोएसियालाई दोस्रोपटक तेस्रो स्थान

पुस ३,२०७९

 

 

फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ। कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो। क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो।

जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए। खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए।

जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो। उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरे। उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो। हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन्।

  • प्रकाशित मिति : पुस ३, २०७९, आइतवार ०६:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८