नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता डा प्रकाशशरण...
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।...
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले...
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशिला कार्कीको डरले केपी ओली भाग्छ भन्दै प्रश्न गरेका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि काठमाडौं बाहिर जान नपाइने भन्दै जारी गरेको उर्दीलाई व्यंग्य गर्दै सो बताएका हुन् । ‘उहाँहरूले...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । देउवा स्वयम्ले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने निर्णय भएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनले आज बस्ने...
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् । नेता...
‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिएको हो । उक्त अलायन्समा आबद्ध व्यक्तिहरू मंगलबार (असोज २१) बिहान कार्यालय समय...
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८