• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

मधेसका मुख्यमन्त्रीद्वारा भोलि विश्वासको मत लिने घोषणा

  • खबरदाता

मधेसका मुख्यमन्त्रीद्वारा भोलि विश्वासको मत लिने घोषणा

मधेसका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलि दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले भने ‘बुधबार दिउँसो २ बजेसम्म विश्वासको मत लिनेछु ।’

उनले विश्वासको मत लिनको लागि प्रदेशसभा सचिवालयलाई पत्र पठाउन लागेको बताए ।

मुख्यमन्त्री यादवले आफूलाई प्रदेशसभा सदस्यहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

  • प्रकाशित मिति : मंसिर १६, २०८२, मंगलवार २०:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८