नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा मंगलबार संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकासहित आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन्।...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने...
ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । यसअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने समाचार सार्वजनिक भएका थिए । उनले त्यसको खण्डन गर्दै...
निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साम्पाङ स्वयं उपस्थित भएका छन् । साम्पाङले गत असोज १२ गते दल दर्ताको निवेदन दिएका थिए । आगामी फागुन...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको...
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् । आज (बुधबार) अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकार, राजनीतिक दल र जेनजी...
राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् । 'राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन,...
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गर्न लागिएको नेता सन्तोष बुढामगरले जानकारी दिए । उनका अनुसार...
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । आगामी फागुन २१ गते निर्धारित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८