• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उजुरी जाँचबुझपछि आज उमेदवारको नामावली प्रकाशन हुँदै
  • खबरदाता

प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको आज नामावली प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीपछि...

निर्वाचन आयोगले कोसीका मुख्यमन्त्री कार्कीलाई सोध्यो स्पष्टीकरण
  • खबरदाता

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो । आयोगले कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ । कार्की नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको...

प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
  • खबरदाता

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा...

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
  • खबरदाता

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन...

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले अनुसन्धान गरी कारबाही गर्ने
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले...

इन्दिरा रानामगरलाई भेट्न घरमै पुगे बालेन
  • खबरदाता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले झापा(२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन्। रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बालेन झापा ५ मा एमाले अध्यक्ष...

फागुन ४ देखि १८ सम्म मात्र चुनावी प्रचार गर्न पाइने
  • खबरदाता

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । “फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन...

शेखर कोइरालाले गराए मोरङ- ६ मा उमेदवारी दर्ता
  • खबरदाता

विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार अपराह्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका कोइरालाले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।...

काठमाडौं-३ मा कुलमानले गराए उम्मेदवारी दर्ता
  • खबरदाता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका छ्न् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व उर्जामन्त्री समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसेपछि आफ्नै नेतृत्वको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८