• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

काठमाडौं-३ मा कुलमानले गराए उम्मेदवारी दर्ता

  • खबरदाता

काठमाडौं-३ मा कुलमानले गराए उम्मेदवारी दर्ता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका छ्न् ।

उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्व उर्जामन्त्री समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसेपछि आफ्नै नेतृत्वको उनेपाबाट चुनाव लडिरहेका छन् ।

नेपाल विघुत प्राधिकरणमा दुई कार्याकाल गरेका कुलमान आफूले गरेको कामले जनता माझ लोकप्रिय बनेका हुन् ।  उनी पहिलो पटक चुनाव लडिरहेका छन् ।

उक्त क्षेत्रमा नेकपा (एमाले) का रामेश्वर फुयाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे पनि उम्मेदवार छन् ।

  • प्रकाशित मिति : माघ ६, २०८२, मंगलवार १५:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८