कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो ।
आयोगले कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
कार्की नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमदेवारी दर्ता गर्दा सँगै देखिएका थिए ।
निर्वाचन आचारसंहिता सरकार र सरकारका मन्त्रीहरूमा लागु हुन्छ । निर्वाचन आयोग स्रोत भन्छन्, ‘मुख्यमन्त्री भएका व्यक्ति उमेदवारको अगाडिपछाडि हिँड्न मिल्छ कि मिल्दैन, त्यही भएर स्पष्टीकरण सोधिएको हो ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८