• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

बैतडी । सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । सङ्क्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूष छन्...

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
  • खबरदाता

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्...

नेपालमा फेरि देखियो कोरोना, सात जनामा संक्रमण पुष्टि
  • खबरदाता

नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका...

भारतमा २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु
  • खबरदाता

भारतको महाराष्ट्रस्थित ठाणे सहरमा कोभिड–१९ का कारण एक बिरामीको मृत्यु भएको छ । ठाणे नगर निगमले यो जानकारी दिएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा दिइएको जानकारी अनुसार, हाल महाराष्ट्रमा कोरोनाका ५६ सक्रिय केसहरू छन् । बीबीसी...

अफ्रिकन स्वाइन फिभरले सुनसरीमा मरे ३६ बंगुर
  • खबरदाता

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुर मरेका छन् । स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा। मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१...

सहमति पछि चिकित्सकहरू आन्दोलन रोकेर काममा फर्किए
  • खबरदाता

विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सक र सरकारबीच सहमति भएपछि चिकित्सकहरूको आन्दोलन रोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा ४ बुँदे सहमति भएको हो । सहमतिअनुसार चिकित्सक शिक्षा आयोगको...

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन स्थगित
  • खबरदाता

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति भएको छ । शनिबार (वैशाख २०) काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका पदाधिकारी र आवासीय चिकित्सकबीचको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकको आन्दोलन...

आफू बसोबास गरेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था
  • खबरदाता

सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाहरूले आफू जहाँ बसोबास गरेको छ सोही ठाउँबाट सेवा लिन पाउने भएका...

घाइते सबै शिक्षकलाई ट्रमा सेन्टरमा सारिने, उपचार निस्शुल्क
  • खबरदाता

शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा निस्शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८