• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

आफू बसोबास गरेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था

  • खबरदाता

आफू बसोबास गरेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था

सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाहरूले आफू जहाँ बसोबास गरेको छ सोही ठाउँबाट सेवा लिन पाउने भएका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नु पर्दथ्यो ।

 

  • प्रकाशित मिति : वैशाख १८, २०८२, बिहीवार १०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८