• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

घाइते सबै शिक्षकलाई ट्रमा सेन्टरमा सारिने, उपचार निस्शुल्क

  • खबरदाता

घाइते सबै शिक्षकलाई ट्रमा सेन्टरमा सारिने, उपचार निस्शुल्क

शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा निस्शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, झडपका क्रममा ३१ जना शिक्षक घाइते भएका छन् । उनीहरूको सिभिल अस्पालत र एभरेस्ट अस्पतालसहित फरकफरक ठाउँमा उपचार भइरहेको छ । अब भने उनीहरू सबैलाई ट्रमा सेन्टरमा सारिनेछ ।

आइतबार दिउँसो प्रहरी र शिक्षकबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा शिक्षकसहित एक पत्रकार र केही प्रहरी घाइते भएका थिए ।

  • प्रकाशित मिति : वैशाख १४, २०८२, आइतवार १९:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८