• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

अफ्रिकन स्वाइन फिभरले सुनसरीमा मरे ३६ बंगुर

  • खबरदाता

अफ्रिकन स्वाइन फिभरले सुनसरीमा मरे ३६ बंगुर

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुर मरेका छन् ।

स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा। मनोजकुमार महतोले जानकारी दिए ।

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा संक्रमण देखिएको छ भने १७ वटा मरेका छन् । बराह बंगुर फार्ममा १५ वटामा संक्रमण देखिएको छ भने सात बंगुर मरेका छन् ।

उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बंगुरफार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ वटा मरेका छन् ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुर मरेका छन् । ५७ वटामा अझै संक्रमण रहेको डा। महतोले बताए ।

यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा संक्रमण देखिएको थियो । रासस

  • प्रकाशित मिति : जेठ ६, २०८२, मंगलवार ०५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८