• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
स्वास्थ्य पर्यटनको हब बन्दै चितवनको भरतपुर
  • रासस

  चैत २४,२०७८ चितवन - तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण...

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा
  • खबरदाता

चैत २३, २०७८ उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् । नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै...

आधुनिकताको अर्को नाम ‘मोडुलाज फर्निचर’अब नारायणगढमा
  • खबरदाता

  चैत २२,२०७८ चितवन । चितवनको व्यस्त बजार नारायणगढको शहिदचोकमा मोडुलाज फर्निचर सञ्चालनमा आएको छ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मंगलबार उक्त मोडुलाज सोरुमको उद्घाटन गरे। समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दा पनि त्यसको आवश्यकता पूरा नभएकोले आफूहरुले एउटा...

चितवनमा ५४० केन्द्रबाट टाइफाइडरोग विरुद्धको खोप अभियान चलाइने
  • खबरदाता

  चैत २२,२०७८ चितवन । चितवनमा टाइफाइड बिरुद्धको खोप अभियान संचालन गरिने भएको छ।चितवन लगायत देशभर चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई...

बलात्कार मुद्दाका ६९ वर्षीय पुरुषलाई १३ बर्ष कैद
  • खबरदाता

  चैत २१,२०७८ चितवन - बालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ...

दमौली अस्पतालका चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाएनन्
  • खबरदाता

चैत १६,२०७८ दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन...

चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण
  • खबरदाता

  चैत १६,२०७८ चितवन - चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
  • रासस

  चैत १६,२०७८ कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् ।...

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा निशुल्क उपचार
  • खबरदाता

  चैत १४,२०७८ चितवन । जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा आज रगतको नमूना संकलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८