• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मैयाँदेवी कन्या कलेजका दुई सय छात्रालाई सम्मान
  • खबरदाता

भरतपुर । भरतपुरको मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई सम्मान गरेको छ । आइतबार मैयाँदेवी छात्रा सम्मान २०८१ कार्यक्रमको आयोजना गरी यहाँबाट स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमा नै रोजगारीमा रहेका एवं स्वरोजगार भएका छात्राहरुलाई सम्मान गरिएको हो।...

सिन्धुपाल्चोकमा भूकम्पको धक्का
  • खबरदाता

काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सदनमा उठेका प्रश्नको जवाफ दिँदै तीन मन्त्री
  • खबरदाता

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने...

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास छ। पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बागमती प्रदेशका...

पानीको कमीले नरैनापुरका चारजनाको मृत्यु भएको पुष्टि
  • खबरदाता

बाँके- शरीरमा पानीको कमी भएकाले एकै परिवारका तीन र एक बालकसहित चारजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा चारजनाको शरीरमा पानीको कमी भएकाले...

आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा
  • खबरदाता

पोखरा- गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदसमेत रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् । आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो । नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन...

भदौमै पाक्न थाल्यो मुस्ताङको स्याउ
  • खबरदाता

म्याग्दी– विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी...

बाँकेको नरैनापुरमा झाडापखालाबाट चारजना को मृत्यु, सातजना बिरामी
  • खबरदाता

बाँके– बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६०...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८