• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

मैयाँदेवी कन्या कलेजका दुई सय छात्रालाई सम्मान

  • खबरदाता

मैयाँदेवी कन्या कलेजका दुई सय छात्रालाई सम्मान

भरतपुर । भरतपुरको मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई सम्मान गरेको छ । आइतबार मैयाँदेवी छात्रा सम्मान २०८१ कार्यक्रमको आयोजना गरी यहाँबाट स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमा नै रोजगारीमा रहेका एवं स्वरोजगार भएका छात्राहरुलाई सम्मान गरिएको हो।

छात्राहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान गरेकी हुन् । सो अवसरमा प्रमुख दाहालले यस कलेजमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकलको व्यवस्थापन गर्ने बताइन् ।

उनले भनिन्, “हामी अन्य सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकल वितरण गरेका छौँ । सो कार्यक्रममा यस कलेजका छात्रलाई पनि समेट्नेगरी काम गछौँ ।” कलेजले गरेको सम्मानले आम दिदीबहिनीलाई शैक्षिक यात्रामा सहयोग पुगेको उनको भनाइ थियो ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कलेजका प्रमुख भोजराज न्यौपाने, कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपानेलगायतले तीजको अवसर पारी कलेजले आयोजना गरेको छात्रा सम्मान कार्यक्रम उदाहारणीय भएको बताए ।

कलेजका अध्यक्ष टङ्कनाथ पौडेलले कलेज स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेर स्वदेशमा रोजगारी गरेका, स्वरोजगार भएका र विभिन्न सङ्घसंस्थाको नेतृत्वदायी भूमिकामा रहेकाको सम्मान गरिएको बताए । रासस

  • प्रकाशित मिति : भदौ १८, २०८१, मंगलवार १०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८