धादिङ - कारागार कार्यालय धादिङमा आगजनी गरिएको छ । कैदी बन्दीहरूले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेका छन् । कारागारभित्र सुरुमा आगो लगाउने र त्यसपछि भाग्ने कोसिस भएपछि प्रहरी र नेपाली सेनाले बल प्रयोग गरेको छ । कारागार नै तोडफोड...
काठमाडौं । जेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको वैठकले गरेको हो ।
सुनधारास्थित कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ। उनीहरू गए राति नै भागेका हुन्। भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको हो । काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण...
बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरे । जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् । प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका...
पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो । अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो। आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा...
विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर भएको छ । नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको छ । अहिले सुरक्षा तैनाथी बढाइएको छ । स्थिति नियन्त्रणमा...
पोखरा । पोखरामा मंगलबार प्रदर्शनकारीले जलाएको घरमा शव फेला परेको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकीको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए । सोही स्वरुम रहेको घरमा...
बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ । सातजना घाइते छन्। नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार, बालबिज्याइँकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ र बालसुधार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८