• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झापामा रुख र सुर्य चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान स्थगित
  • खबरदाता

मंसिर ४, २०७९ झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ। रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको हो। १० जनाले मतदान गरिसकेपछि...

प्रधानमन्त्री देउवाद्वारा मतदान
  • खबरदाता

मंसिर ४, २०७९   प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् । देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु
  • खबरदाता

मंसिर ४, २०७९   तेह्रथुम । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका...

बैतडीकी ११३ वर्षीया मानमती देवि भट्टले गरिन् मतदान
  • खबरदाता

मंसिर ४, २०७९   बैतडी । बैतडीको पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उनले मत खसालेकी हुन् । पाटन ४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट...

पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित
  • खबरदाता

मंसिर ४, २०७९   पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ। मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा...

कारागार कार्यालय भरतपुरका कैदीबन्दिले गरे मतदान
  • खबरदाता

मंसिर ४,२०७९ चितवन - कारगार कार्यालय भरतपुरका कैदिवन्दीले मतदान गरेका छन् । आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ । कारगारमा १०१ जना मतदाता रहेका छन । जसमध्ये ४ जना महिला र...

रौतहटका दुई मतदान स्थलमा गोली चल्यो
  • खबरदाता

मंसिर ४,२०७९   रौतहट स् रौतहटको दुईवटा मतदान केन्द्रमा गोली चलेको छ । रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्र र गरुडा नपाको अमरपट्टीमा गोली चलेको हो।   स्वतन्त्र उम्मेद्वार प्रभु साह र ओम प्रकाश जयसवाल पक्षबीच विवाद पछि झडप...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा मतदान
  • खबरदाता

मंसिर ४,२०७९   काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । उनले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।  

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहटको गौरमा मतदान
  • खबरदाता

मंसिर ४,२०७९   नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर वडा नम्वर २ मा मतदान गरेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गौरस्थित राम जानकी प्राविमा विहान मतदान गरेका हुन् । रौतहट जिल्लामा दुई सय ७६ स्थायी र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८