मंसिर ४,२०७९
रौतहट स् रौतहटको दुईवटा मतदान केन्द्रमा गोली चलेको छ । रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्र र गरुडा नपाको अमरपट्टीमा गोली चलेको हो।
स्वतन्त्र उम्मेद्वार प्रभु साह र ओम प्रकाश जयसवाल पक्षबीच विवाद पछि झडप हुँदा एक राउण्ड हवाइफायर भएको प्रहरीले जनाएको छ । सो मतदान केन्द्रमा अहिले स्थिति सामान्य बनिसकेको छैन।
यस्तै गरुडा नगरपालिकाको अमरपट्टीमा प्रहरीले २ राउण्ड हवाइफायर गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८