• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

कलकत्ता प्ले अफको नजि

  • खबरदाता

कलकत्ता प्ले अफको नजि

असोज २२,२०७८

राजस्थान रोयल्ससंगको खेलमा ८६ रनको जित हात पारे पछि कलकत्ता नाइटराइडर्स आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना प्रबल बनेको छ । कलकत्तालाई पन्छँदै प्लेअफमा प्रवेश गर्नका लागि शुक्रवार हुने खेलमा मुम्बई ले सनराइजर्स हैदरावादलाई १७१ रनले हराउन पर्ने छ ।

कलकत्ताले छाडेको १७२ रनको लक्ष्य पछ्याएको राजस्थानले १६.१ ओभरमा ८५ रन जोड्दै सम्पूर्ण विकेट गुमाएको थियो । राजस्थानका राहुल टेबटीयाले सर्वाधिक ४४ रन जोडे । अन्य ब्याट्सम्यान निरीह साबित भएको खेलमा उनले ३६ बलको सामना गर्दै पाँच चौका र दुई छक्का प्रहार गरे । म्यान अफ द म्याच समेत घोष भएका शिवं माभीको एकै ओभरमा उनले १४ रन प्रहार गरेका थिए । शिवं माभीले ३.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । लुक्की फर्गुसनले ४ ओभरमा १८ रन खर्चेर तिन विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले ४ विकेटको क्षतीमा १७१ रनको योगफल खडा गरेको थियो । यो स्कोर यो सिजनमा सारजाहँको सबैभन्दा ठुलो योगफल हो । पछिल्लो १० ओभरमा कलकत्ताले १०२ रन जोडेको थियो । सुभमन गील र र बैकटेस ऐयारले ठोस सुरुवात गरेको कलकत्ताका लागि राहुल त्रिपाटीले पनि उत्कृष्ट पारी खेलेका थिए । उनले १४ बलमा २१ रन जोडे । गीलले ४४ मा ५६ तथा ऐयारले ३५ बलमा ३८ रन जोडे । राजस्थानका चेतन सकरियाले ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।

  • प्रकाशित मिति : असोज २२, २०७८, शुक्रवार ०२:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८