• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

पन्जाबसँगको हार पछि कलकत्ता अप्ठेरोमा

  • खबरदाता

पन्जाबसँगको हार पछि कलकत्ता अप्ठेरोमा

असोज १६,२०७८

आइपिएलको कलकत्ता नाइटराइडर्सको यात्रा अप्ठेरो अवस्थामा पुगेको छ ।

शुक्रवार भएको खेलमा पन्जाब किङ्ससंग ५ विकेटले पराजित कलकत्ता १२ खेल सकिँदा १० अङ्क सहित तालीकाको चौथो स्थान छ । समान १० अङ्क सहित पाँचौँ स्थानमा मुम्बई इन्डीयन्सले एक खेले कम खेलेको छ मुम्बईले शनिवार दिल्लीको सामना गर्ने छ ।

कलकत्ताले छाडेको १६६ रन पछ्याएको पन्जाबले ३ बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै १६८ रन जोडेको हो । पन्जाबका साहरुख खानले अविजित रहँदै नौ बलमा २२ रज जोडे यसै कप्तान लोकेश राहुलले ५५ बलमा ६७ तथा मायंक अग्रवालले २७ बलमा ४० रन प्रहार गरे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले सात विकेटको १६५ रन जोडेको हो ।

कलकत्ताका बैंकटेस ऐयारले ४९ बलमा ६७ रन जोडे । यसै गरी राहुल त्रिपाठीले ३४ तथा नितीस रानाले १८ बलमा ३१ रन जोडे । पन्जाबका आर्सदिप सिंहले ४ ओभरमा २२ रन खर्चेर तिन विकेट लिए।

  • प्रकाशित मिति : असोज १६, २०७८, शनिवार ०२:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८