• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

उत्कृष्ट कम ब्याक गर्दै जोकोभीकले जिते उपाधि

  • खबरदाता

उत्कृष्ट कम ब्याक गर्दै जोकोभीकले जिते उपाधि

जेष्ठ ३१,२०७८

सर्व खेलाडी नोभाक जोकोभीकले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

उनको यो १९ औ ग्रान्डस्लाम उपाधि हो । आइतबार राती रोनाल्डग्यारोसमा भएको फाइनलमा उनले ग्रिसका स्टेफानो सिटसीपासलाई ६–७,२–६,६–३,६–२, ६–४ ले हराए । सिटसीपासको यो पहिलो फ्रेन्च ओपन फाइनल प्रवेश हो भने जोकोभीकको यो दोस्रो फ्रेन्च ओपन उपाधि हो ।

यस पटक फाइनल प्रवेश गर्ने क्रममा शीर्ष वरियताका जोकोभीकले क्ले कोर्टका बादशाह राफेल नाडाललाई हराएका थिए ।

जोकोभीकले सन् २०१६ मा पहिलो पटक फ्रेन्च ओपन उपाधि जितेका थिए । सन् १९६८ पछि चार वटै ग्रान्डस्लाम जित्ने जोकोभीक पहिलो खेलाडी भएका छन् ।

यसै महिनाको अन्त्यमा हुने विम्बल्डनमा उपाधि हात पारे उनी नाडाल र रोजर फेडेररसंगै सबैभन्दा बढी २० ग्रान्डस्लाम उपाधिको कीर्तिमानको बराबरी गर्न सफल हुने छन् ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८, आइतवार २३:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८