• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

उपाधि दाबेदार बेल्जियमको विजयी सुरुवात

  • खबरदाता

उपाधि दाबेदार बेल्जियमको विजयी सुरुवात

जेष्ठ ३०,२०७८

युरो कप फुटबलमा उपाधिको दाबेदार बेल्जियमले विजयी सुरुवात गरेको छ ।

समूह बिको दोस्रो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । रोबर्टो लुकाकुले १० औ मिनेटमा सुरुवाती गोल गरेको खेलमा थोमस मेयुनीयरले ३४ औ मिनेटमा दोस्रो गोल गरेका थिए । यसै गरी, लुकाकुले ८८ औ मिनेटमा गोल गरे ।

खेलको पहिलो हाफमा रुसले पाएका थुप्रै अवसरलाई गुमाएको थियो । पहिलो हारका बाबजुद डेनमार्क र फिनल्यान्डसँग बाँकी रहेका दुई खेलले रुसको भाग्य तय गर्ने छ ।

खेल पछि लुकाकुले आफूले गरेको गोल डेनमार्कका क्रिस्चीयन इरिक्सनमा समर्पित गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । केही समय अघि भएको खेलमा घाइते इरिक्सन र लुकाकु दुवै इन्टरमिलानमा आबद्ध छन् ।

सेन्ट पिटर वर्गको रङ्गशालामा भएको खेलमा बेल्जियम आफ्नो अर्का प्रमुख खेलाडी केभिन डी ब्रुयन विनानै उत्रिएको थियो । चेल्सी र म्यानचेस्टर सिटी बिचको च्याम्पियन्स लिग फाइनलका खेलमा नाकमा चोट बोकेका ब्रुयन ठिक भइसकेका छैनन् ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८, आइतवार ००:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८