• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

नयाँ खेलाडि उत्पादन गर्न कालिका गोल्डकप हुने

  • खबरदाता

नयाँ खेलाडि उत्पादन गर्न कालिका गोल्डकप हुने

चैत्र १९,२०७७

नयाँ खेलाडी उत्पादन गर्न मदन भण्डारी स्पोर्टस एकेडेमि कालिका नगर कमिटी चितवनले प्रथमक कालिका गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ ।

कालिका नगरपालिकाको खोलेसिमलमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार नयाँ वर्ष २०७८ सालको अवसर पारी वैशाख १ गतेदेखि खेल सुरु हुने एकेडेमिका अध्यक्ष निशान चौधरीले जानकारी दिए ।

स्थानीय सरकारलाइ खेल प्रति अपनत्वको भाव विकास गर्न पनि आयोजना गरिएको प्रतियोगितामा चितवन स्थानीय ६ सहित १२ वटा टिमको सहभागीता रहने उनले बताए । यस अघि चैत्र २१ गतेदेखि आयोजना गर्ने तयारी भएपनि सोही मैदानमा राष्ट्रपति रनिङ सिल्ड भएका कारण वैशाख १ गतेदेखि सुरु भई १२ गते फाइनल खेल हुने छ ।

प्रतियोगितामा प्रति टिम ५ जनासम्म विदेशी खेलाडी समेत सहभागी गराउन पाइने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख १ हजार १११ र उप विजेता हुनेलाई ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै विभिन्न विधामा सफल हुनेहरुलाई नगद पुरस्कार समेत राखिएको छ । प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले वाइसाइकल तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३(३ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १९, २०७७, बिहीवार १४:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८