• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

सुषमा, यूथ विश्व च्याम्पियनसिपमा छनोट

  • खबरदाता

सुषमा, यूथ विश्व च्याम्पियनसिपमा छनोट

चैत्र ३,२०७७

नक्सालकी सुषमा तामाङ आइवा यूथ विश्व बक्सिङ च्याम्पियनसिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अङ्कका आधारमा ३–२ को कठिन जित हात पारिन ।

त्यसै गरी ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाइनलमा प्रवेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अङ्कका आधारमा ५–० को स्कोरमा हराइन । उनले बुधवार हुने फाइनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाइनल प्रवेश गरेकी थिइन् ।

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा यूथ वल्ड बक्सिङ च्याम्पियनसिप पोल्यान्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ ।

  • प्रकाशित मिति : चैत ३, २०७७, मंगलवार १२:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८