आश्विन–११, २०७७
भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ११ सहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आईतबार गरिएको परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ३ महिला र ६ पुरुष गरि ९, कालिका र खैरहनीका १÷१ पुरुष गरि २ जना, नवलपुरका १ महिला र ३ पुरुषगरि ४ जना रहेका छन । यस्तै अन्य संक्रमित हुनेहरुमा सल्यानका २ पुरुष र रौतहट र गोरखाका १÷१ पुरुषगरि १९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु ८ देखि ५३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १८७ नमुनाको परिक्षण गर्दा १६८ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने १९ जनाको पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८