• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

फेरि खस्यो पहिरो, नारायणगढ- मुग्लिन सडक अवरुद्ध

  • खबरदाता

फेरि खस्यो पहिरो, नारायणगढ- मुग्लिन सडक अवरुद्ध

मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सोमबार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप २ वटा उपकरण पहिरो खसेको स्थानमा जाँदै गरेको जनाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : साउन १८, २०८३, सोमवार १४:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८