• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन

  • खबरदाता

सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली । जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२-८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

त्यस्तै, आफूखुसी सवारीको स्वरूप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको उनले बताउनुभयो । प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

त्यसैगरी, ९५७ सवारी दुर्घटनामा हुँदा सुर्खेतमा ३७ जनाको ज्यान गएको उनले जानकारी दिए । सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ । यस्तै, यान्त्रिक, पैदलयात्री, सडक पूर्वाधार, मौसम र पशुचौपायका रहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन १९, २०८३, मंगलवार ०५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८